विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/जनवरी २०१५
- २० जनवरी २०१५
- मिति २०७१ माघ ६ गते मध्यरातमा बसेको संबिधान सभा बैठकमा एमाओवादी र मधेसवादी दलसहित विपक्षी मोर्चाले बैठक अवरोध तथा सभासद् र मर्यादापालकहरुलाई आक्रमण गरेका छन्। (नागरिक दैनिक)
- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले क्यानडाविरुद्व ७ विकेटले जितेको छ । (कान्तिपुर समाचार)
- २१ जनवरी २०१५
- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले नामिवियालाई ३ विकेटले हराउँदै डिभिजन २ मा आफ्नो स्थान सुरक्षित पारेको छ। (नागरिक दैनिक)
- २२ जनवरी २०१५
- दलहरूको प्रतिबद्धता अनुरुप मिति २०७१ माघ ८ गते संबिधान सभाले संबिधान जारि गर्न सकेन। (कान्तिपुर समाचार)
- २३ जनवरी २०१५
- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल केन्यासँग पराजित भएको छ। यो संगै नेपाल विश्व क्रिकेट लिग डिभिजन-१ मा खेल्न नपाउने भएको छ। (पहिलोपोस्ट अनलाइन)
- २४ जनवरी २०१५
- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत तेस्रो स्थानको प्लेअफ खेलमा नेपाल केन्यासँग पराजित हुदै विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता चौथो स्थानमा पुगेको छ। (कान्तिपुर समाचार)
- २५ जनवरी २०१५
- संबिधान सभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठनका लागि प्रस्ताव निर्माण समिति गठन गरेको घोषणा गरेका छन्। विपक्षी मोर्चाको विरोध कायमै छ। (नागरिक दैनिक)
- २८ जनवरी २०१५
- नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ। नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ मा माथिल्लो स्तरका टोलिविरूद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिभिजन १ को हैसियतमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको हो। (सेतोपाटी अनलाइन)