विकिपिडिया:विकी लभ्स बर्ड्स

विश्वमा ९०००+ चराका प्रजातिहरू पाइन्छन्, जस मध्ये लगभग ९०० प्रजातिहरू नेपालमा पाइने गर्छन्। आइयुसिएनका अनुसार विश्वमा पाइने चराका प्रजातिहरू मध्ये १३ % लोपोन्मुख अवस्थामा छन्। यस्ता लोपोन्मुख प्रजातिहरू मध्ये पनि ३० वटा प्रजाति नेपालमा पाइने गर्छन्। विकि लभ्स बर्ड्सले यस्ता चराका प्रजातिहरूको तस्वीरहरू विकिमिडिया कमन्समा अपलोड गर्ने तथा यिनीहरूको बारेमा नेपाली विकिपिडिया लेखहरू निर्माण तथा भएका लेखहरू सुधार गर्ने कार्यमा सहयोग पुग्नेछ।

परियोजना विवरण सम्पादन गर्नुहोस्

  • आधिकारिक नाम - विकी लभ्स बर्ड्स (विकिले पंक्षीलाई माया गर्छ)
  • परियोजना नेतृत्व - निर्मल दुलाल
  • समयतालिका - ०१ फेब्रुअरी २०१९ - ३० अप्रिल २०१९

परियोजनाको लक्ष्य सम्पादन गर्नुहोस्

विकिले पंक्षीलाई माया गर्दछ परियोजनाले नेपालमा उपलब्ध पंक्षीका प्रजातीको स्वतन्त्र अनुमति पत्र प्राप्त सामग्रीहरूलाई बढाउन मद्दत गर्ने छ। परियोजनाले सङ्कलित नेपालमा पाइने पंक्षीका तस्वीरहरू विकिपिडिया कमन्समा थप्नेछ र विशेष गरि नेपाली विकिपिडियाका पंक्षीको लेखहरूमा गुणस्तर र मात्रा सुधार गर्नेछ। यसबाहेक, यस परियोजनाले विकी प्रजातिमा नेपालका कुनै पनि स्थानहरूमा पाइने दुर्लभ उपलब्ध प्रजातिहरूको जानकारी अद्यावधिक / थप गर्ने लक्ष्य लिएको छ। विकिले पंक्षीलाई माया गर्छ परियोजनाले जनचेतनामूलक कार्यक्रम, ज्ञान साझेदारी, विकिपिडिया, विकिमिडिया कमन्स, विकी प्रजाति र मानिसहरूमा पंक्षीहरूको बारेमा बढ्दो रूचिहरूलाई बढाउने खालको भविष्यमा विभिन्न कार्यक्रमहरूको सञ्चालन पनि गर्नेछ। परियोजनाले विकिमिडिया कमन्समा धेरै प्रयोगकर्ताहरूको समावेशमा नेपालमा पाइने पंक्षीहरूको उच्च गुणस्तरीय तस्वीरहरूको योगदान गर्नेछ।

परियोजना क्षेत्र तथा गतिविधिहरू सम्पादन गर्नुहोस्

  1. तस्वीर सङ्कलन तथा पहिचान -

हामी हिमाल, जङ्गल, र अन्य पक्षीहरूको वासस्थान जस्ता सजिलो स्थानमा गई तस्वीर खिची सङ्कलन गर्नेछौँ।

  1. प्रकाशन -

हामीले विकिमिडिया कमन्समा सङ्कलित तस्वीरहरू उर्ध्वभरण गर्नेछौँ र अङ्ग्रेजी र नेपाली विकिपिडियामा लेखहरू सिर्जना / सुधार गर्नेछौँ।

  1. प्रतिवेदन प्रस्तुत गर्नेछौँ -

उर्ध्वभरण लग सम्पादन गर्नुहोस्

सामाजिक सञ्जाल सम्पादन गर्नुहोस्

 
 
फेसबुक

इन्स्टाग्राम

 
Wikimedians of Nepal
  1. विकिमिडियन्स अफ नेपाल
  2. नेपाल पंक्षी संरक्षण सङ्घ