विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/श्रीलङ्काली हात्ती

श्रीलङ्काली हात्ती सम्पादन गर्नुहोस्

श्रीलङ्काली हात्ती एसियाली हात्तीको तीन प्राप्त उप-प्रजाति मध्ये एक हो जुन श्रीलङ्कामा बसोबास गर्छ। यस प्रजातिको हात्तीको सङ्ख्या अघिल्लो तीन पुस्ता देखि ५०% ले घटेका कारण सन् १९८६ मा यस प्रजातिको हात्तीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा सङ्कटापन्न बन्यजन्तुको सूचीमा सूचीकृत गरिएको थियो। यी हात्तीहरू मुख्य रूपमा बासस्थान गुमाउने, सिकारी र विखण्डनको खतरामा रहेका छन्।

यस प्रजातिको हात्ती एसियाली उप-प्रजाति अन्तर्गत पर्दछ जसलाई पहिलोपटक सन् १९५८ मा स्वीडेनका जीव वैज्ञानिक कार्लस लिनयसले वर्णन गरेका थिए। श्रीलङ्काली हात्ती हाल श्रीलङ्काको उत्तर, पूर्व र दक्षिण पूर्वमा सुख्खा क्षेत्रमा बसोबास गर्छन्। यी हात्तीहरू उडावालवी राष्ट्रिय निकुञ्ज, याला राष्ट्रिय निकुञ्ज, लुनुगामवेरा राष्ट्रिय निकुञ्ज, विल्पट्टु राष्ट्रिय निकुञ्ज र मिननेरिया राष्ट्रिय निकुञ्जमा रहेका छन् भने यस प्रजातिका हात्तीहरू निकुञ्ज क्षेत्र बाहिर पनि बसोबास गर्छन्। यो अनुमान गरिएको छ कि एसियामा श्रीलङ्कामा हात्तीहरूको सबैभन्दा अधिक घनत्व रहेको अनुमान लगाइएको थियो। हात्तीको बसोबास बस्तीहरू स्थायी खेतीमा रूपान्तरणको कारण मानव-हात्ती बीच सङ्घर्ष बढ्दो छ। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २५, १४:१६:०५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागि मतदानको लागि सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर--Saroj Uprety (कुरा गर्ने) १०:०१, ८ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रमुख लेखको लागि आवश्यक मापदण्डहरू पुरा गरेको हुनाले भदौ चौथो हप्ताको लागि प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ।--Saroj Uprety (कुरा गर्ने) १०:०१, ८ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]