सम्पादन सिक्न यो भीडिओ हेर्नुहोस् सम्पादन गर्नुहोस्

सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

-Krish Dulal १४:५७, १७ अगस्त २०१२ (युटिसी(UTC))














प्रजनन, प्रजनन्, प्रजनन क्षमता, प्रजनन्ता, फर्टिलिटी सम्पादन गर्नुहोस्

प्रजनन अंग्रेजीको Reproduction शव्दको निम्ति हो। प्रजनन् शव्द अंग्रेजीको Fertilityको निम्ति हो।प्रजनन् वा Fertilityको निम्ति निम्न सुझाउहरू राख्दछु:

  1. फर्टिलिटी
  2. प्रजनन क्षमता
  3. उर्वरता
  4. प्रजनन्ता
  5. प्रजनन्

भवानी गौतम (कुरा गर्ने) ०१:२०, २४ अगस्त २०१२ (युटिसी(UTC))

  1. प्रजनन क्षमता/उर्वरता(Fecundity)

जनसाङ्खिक दृश्टिकोणवाट जिवित वच्चा जन्माउन सक्ने व्यक्तिको जैविक र शारीरिक क्षमता हो।

मेरो अध्ययन अनुसार प्रजनन र प्रजनन् दुबैको अर्थ एउटै हुन्छ।

--सृजना (कुरा गर्ने) ०८:२५, २७ अगस्त २०१२ (युटिसी(UTC)) हालसालै मैंले नेपाली विकिपिडियामा जनसंख्या सम्बन्धि केही लेखहरूमा योगदान गरेको छु।

मेरो अध्ययनको क्षेत्र जनसंख्या हो। नेपाली विकिपिडियामा जनसंख्या सम्बन्धमा लेख हरू नै नदेखिएकाले यस विषयमा लेख्न थालेकी हुँ। यद्यपि मैंले लेखेका सामग्रीहरूलाई बारबार रिभर्ट गरिएको छ। त्यो पनि चेतावनी सहितको भाषामा।

के विकिपिडिया नयाँ सम्पादकहरूले सम्पादन गर्न नपाउने हो? मैंले जाने अनुसार विकिपिडिया सबैले सम्पादन गर्न पाउने खुला विश्वकोश हो। यदि सिमीत केही व्यक्तिहरूले मात्र सबै सम्पादन गर्ने हो भने हामी यसमा किन लेख्ने?

मैंले लेखेको प्रजनन भन्ने विषय अंग्रेजीको Fertility सम्बन्धि हो। नेपाली भाषामा ‘प्रजनन’ एउटै शब्द बढी प्रचलित भएपनि अंग्रेजीमा भन्ने हो भने यसले विभिन्न विषयहरू जनाउँछ। जस्तो कि Fertility, Reproduction आदि। मैंले सुरू गरेको प्रजनन (Fertility) लेखमा बारम्बार Reproduction सम्बन्धि जानकारी राखिएको छ। यसबाट नयाँ प्रयोगकर्ता उत्साहित हुने कि निरूत्साहित हुने?

अब तपाइँहरू नै भन्नुहोस्। म नेपाली विकीमा लेखौं कि नलेखौं?

1. प्रजनन क्षमता¸ उर्वरता भनेको अंग्रेजीको Fecundity हो। यो भनेको जनसाङ्खिक दृश्टिकोणवाट जिवित वच्चा जन्माउन सक्ने व्यक्तिको जैविक र शारीरिक क्षमता हो।

2. प्रजनन्ता भन्ने शब्द मैंले नेपाली शव्दकोषमा भेटेकी छैन। --सृजना (कुरा गर्ने) ११:१७, २७ अगस्त २०१२ (युटिसी(UTC))

सृजना जी तपाईं जनसाङ्खिक विषयमा पारङ्गत हुनुहुन्छ । योगदान गर्दै हुनुहुन्छ, गर्दै जानुहोस्। आगो पनि नठोसी बल्दैन चर्चा परिचर्चा र विवाद हुन्छन्। मैले पढ्दा भेटेको यस्तो पाएँ:- Fecundity भनेको the ability to reproduce हो भने Fertility भनेको the natural capability of producing offsprings हो। Fertility is the natural capability of producing offsprings. As a measure, "fertility rate" is the number of children born per couple, person or population. Fertility differs from fecundity, which is defined as the potential for reproduction (influenced by gamete production, fertilisation and carrying a pregnancy to term). A lack of fecundity would be called sterility. अर्को कुरा Reproduction भनेको प्रजनन हो भन्छु म ता। यस प्रकार हामी माझ अहिले तीनवटा शव्दहरू छन्।

  1. Reproduction=प्रजनन
  2. Fertility=प्रजनन क्षमता (क्षमता वा शक्तिको कुरा हो)
  3. Fecundity=उर्वरता (यहाँ क्षमता वा शक्तिको कुरा होइन सम्भाव्यता हो)

भवानी गौतम (कुरा गर्ने) १५:०८, २९ अगस्त २०१२ (युटिसी(UTC))

   भवानीजीले माथि लेख्नुभएका fertility र fecundityका नेपाली शब्दहरू सही छन् जस्तो लाग्यो. हुनत मैले धेरै बर्ष अगाडी यो बिषय पढेको हो. यस्तै समस्या sterility र infertility जस्ता शब्दमा पनि आउन सक्छ. ती फरक छन् तर नेपाली वा संस्कृतमा फरक शब्द भए नभएको थाहा भएन. बिकास(कुरा गर्ने) १९:४४, २९ अगस्त २०१२ (युटिसी(UTC))

    यसमा म पनि भवानी जी लाई सहमत जनाउँछु । -Nirmal Dulal (कुरा गर्ने) ०१:४०, ३० अगस्त २०१२ (युटिसी(UTC))

प्रजनन रिडाइरेक्ट सम्पादन गर्नुहोस्

भवानी जी, सृजना जी तपाइँहरूको विवादको विषय प्रजनन शीर्षकमा छलफल जारी राख्नुहोला। अहिलेलाई मैंले Disambiguation Page प्रजनन (स्पष्टता) बनाइदिएको छु। त्यसमा अहिलेलाई प्रजनन (पुनरुत्पादन) (Reproduction) र प्रजनन (फर्टिलिटी) (Fertility) शीर्षकहरूमा दुई लेखहरूलाई राखिदिएको छु। प्रजनन् पेजको वार्तालाप सोही Disambiguation पेजमा नै छ। तपाइँहरूबीच सहमति भएपछि तोकिएको शीर्षकमा लेख राखौंला।--Ganesh Paudel (कुरा गर्ने) १३:०२, २७ अगस्त २०१२ (युटिसी(UTC))
सृजनाजी विकिपिडियामा सबैले सम्पादन गर्न पाउँछन्। नयाँ सम्पादकले त झन् धेर लेख्नुपर्छ जसबाट झन् नयाँ कुरा सिक्न सकिन्छ। यस्ता सम्पादन बाझिने कुरा विकिपिडियामा सधैं चल्ने प्रकृया हो। त्यसैले त लेखहरू माझिएर स्तरीय बन्छन्। लेख्ने कार्यलाई जारी राख्नुहोला। तर आफूले लेखेको विषयमा साथीहरूको सुझावलाई पनि कदर गर्दै जानुहोला। Happy Editing! --Ganesh Paudel (कुरा गर्ने) १३:०२, २७ अगस्त २०१२ (युटिसी(UTC))
  • सृजना जी, भवानी जी र गणेश जी, "Reproduction" भनेको "प्रजनन" र "Fertility" भनेको "उत्पादन क्षमता" (ability to produce offspring; power of reproduction) हो जस्तो लाग्छ । अनी सृजना जी विकिपिडिया सबैले सम्पादन गर्न पाउने खुला विश्वकोष नै हो, यसरी एउटा विषयमा विवाद भयो भन्दैमा लेख्न नछोड्नुहोला भन्ने सुझाव दिन चाहन्छु ।- Nirmal Dulal (कुरा गर्ने) १५:१६, २७ अगस्त २०१२ (युटिसी(UTC))

मोटा अक्षर

आधार र ठुटो वा stubमा के फरक छ? आधार र ठुटो एउटै भए किन लेखहरूमा कतै आधार र कतै ढुटो प्रयोग गरिन्छ?

  • आधारठुटो वा stub यो तिनै वटा ढाँचाहरू एकै प्रयोजनको लागि हो, यसमा जुन ढाँचाको प्रयोग गरे पनि खासै फरक पर्दैन । -Nirmal Dulal (कुरा गर्ने) ०२:०१, २८ अगस्त २०१२ (युटिसी(UTC))

Suppose we have created a page named "कुमार बहादुर थापा" and we want to redirect "कुमारबहादुर थापा" and "के.बि. थापा" to that page, how do we do it?


Redirect पेज बनाउनका लागि तपाइँले जुन पेजलाई रिडाइरेक्ट गर्नु छ त्यो पेजमा गएर निम्नानुसारको कोड लेख्नुपर्छ। जस्तो "कुमार बहादुर थापा" मुख्य लेख छ र त्यसमा अरू कुनै लेख रिडाइरेक्ट गर्नुपर्ने छ भनें यस्तो लेख्नुहोस्।
जस्तो कि "के.बि. थापा" लेखलाई रिडाइरेक्ट गर्न पहिले "के.बि. थापा" पेजमा जाने
त्यसलाई सम्पादन गर्ने।
अब त्यसमा लेख्ने
‍#‍REDIRECT:[‍[कुमार बहादुर थापा]‍]
यसलाई संग्रह गर्ने। अब तपाइँको लेख "के.बि. थापा" अर्को लेख "कुमार बहादुर थापा"मा रिडाइरेक्ट हुन्छ।--Ganesh Paudel (कुरा गर्ने) ०५:११, ३१ अगस्त २०१२ (युटिसी(UTC))

त्यसो भए लेख नबनाएसम्म रिडाइरेक्ट गर्न सकिंदैन? अनि रिडाइरेक्ट गर्न बनाइएको पेजमा त कुनै जानकारी राख्नु पर्दैन नि, होइन र?

  • हो, लेख नै नभए त कसरी रिडाइरेक्ट गर्नु नि, अनि रिडाइरेक्ट गरिएको पेज खोज्दा त स्वत: जुन पेजमा रिडाइरेक्ट गरिएको हो त्यही पेज नै खुल्छ यसैले उक्त पेजमा कुनै पनि जानकारी राख्नु पर्दैन । - Nirmal Dulal (कुरा गर्ने) ०६:१४, १४ सेप्टेम्बर २०१२ (युटिसी(UTC))

श्रेणीहरू सम्बन्धि मापदण्ड के? सम्पादन गर्नुहोस्

नेपाली विकिपेडियामा श्रेणीहरू बनाउंदा कतै "हरू" लागेका र कतै नलागेका श्रेणीहरू देखियो? जस्तै श्रेणी: थर र श्रेणी: थरहरू। यस सम्बन्धमा विकिपेडियाको मापदण्ड के? यस्तो अवस्थामा दुइ वटै श्रेणीलाई एउटै बनाउनु पर्दैन? श्रेणीको नाममा "हरू" राख्ने कि नराख्ने?

सही कुरा, मेरो विचारले भन्छ- श्रेणीमा 'हरू' नजोड्नु पर्ने हो। श्रेणी स्वयं एउटा समूह हो।भवानी गौतम (कुरा गर्ने) ०८:११, २ सेप्टेम्बर २०१२ (युटिसी(UTC))
मलाई पनि यो कुरा सही लाग्यो। श्रेणी लगायत धेरै कुरामा एउटा मापदण्ड बनाउन जरूरी छ। --Ganesh Paudel (कुरा गर्ने) ००:५८, ९ सेप्टेम्बर २०१२ (युटिसी(UTC))
  • गणेश जी र भवानी जी, अंग्रेजी विकिपिडियामा पनि श्रेणिहरू बहुवचनमा नै भएको देखिन्छ ( उदाहरणहरू: Category:Books,Category:Trees , Category:Animals आदी) तर नेपालीमा कतै एकवचन त कतै बहुवचन भएको पाइन्छ यसैले यसलाई सुधार गर्नु चहि आवश्यक देखिन्छ । - Nirmal Dulal (कुरा गर्ने) ०४:३७, ९ सेप्टेम्बर २०१२ (युटिसी(UTC))
  • निर्मलजीले भन्नु भएको अंग्रेजी विकिको कुरा सही रहेछ, यसमा अर्को पनि कुरा रहेछ-जहाँ एउटै मात्र कुरा जस्तै अंग्रेजी विकिमा [[::en:Category:Animals|India]]एकबचन नै छ। यसकारण जहाँ धेरै लेखहरू तर एउटै विषयसित सम्बन्धित भए एक बचनमा प्रयोग गरेको असल हुन्छ जस्तो लाग्यो, विषय र देश सम्बन्धमा एकबचन हुनुपर्नेरहेछ, उदाहरणको लागि:
  • [[श्रेणी:भारत]], [[श्रेणी:नेपाल]], [[श्रेणी:विज्ञान]], [[श्रेणी:इतिहास]], [[श्रेणी:नेपाली]] तर नेपाली व्यक्तिहरूको परिचय वा जीवनीमा[[श्रेणी:नेपालीहरू]] । अन्यमा बहुवचन चलाउँदा हुने रहेछ।भवानी गौतम (कुरा गर्ने) ०२:१७, १० सेप्टेम्बर २०१२ (युटिसी(UTC))


ति दुइ वटा श्रेणी मध्ये एउटा श्रेणी हटाउने कसरी?

यो चौतरिमा रखियको लेख कसरि खओज्न सकिन्छ ?र मे रो प्रस्नको उत्तर पनि पाउडेऐन के हि समय पहिले मैले बेटाकयको १ लेख्त् फेरि ख्ज्द भेति न किन् न हो ल? प्लेज् भनि दि य आभरि हुने थिय ।धन्यवत ।त्यो लेख मन् लगेको सन्तान जन्मौन चिनिया तालिका नम्मक स्रिसक् म थियो ।

नयाँ प्रयोगकर्ता सहयोग टोली सम्पादन गर्नुहोस्

नयाँ प्रयोगकर्ताहरूको सहायताका लागि नयाँ प्रयोगकर्ता सहयोग टोलीमा सामेल हुन इच्छुक विकि-प्रयोगकर्ताहरूलाई यहाँ हस्ताक्षर गर्न अनुरोध छ।भवानी गौतम (कुरा गर्ने) ०३:१२, १७ सेप्टेम्बर २०१२ (युटिसी(UTC))

Adarniy wikipedian mitra ho Preeti to Unicode yo link lai Nepalima kasari tipe garne bhane pagema rakhda kaso hola ? Mero mobailma devnagari unicoad 6ina yeskaran ma wiki sampadan karya garna sakdaina.-- आर॰पी॰ जोशीकुरा गर्नुहोस् योगदान ०३:१३, ६ अक्टोबर २०१२ (युटिसी(UTC)) विकिपिडिया लाई धन्द्बयवाद ! युजर बनायेकोमा ।

मुख्य पृष्ठ परिक्षण सम्पादन गर्नुहोस्

प्रिय मित्रगण मुख्य पृष्ठको परिक्षण पृष्ठ लगाइएकोछ, हेरेर मन्तव्य राख्नु होला, यदि ठिक नलागे पुरानै अवस्थामा फर्काइनेछ।भवानी गौतम (कुरा गर्ने) ०७:४०, १३ नोभेम्बर २०१२ (युटिसी(UTC))

भवानीजी मुख्यपृष्ठमा अलग अलग विषयवस्तुमा अलग अलग धेरैवटा रङ प्रयोग गर्नु भन्दा एउटै रङ सबैतिर प्रयोग गर्दा राम्रो होला। Colour Themeको रूपमा ऋतु अनुसार बेला बेलामा परिवर्तन गर्ने तर सबै कोलममा एउटै colour theme राख्ने गर्दा बेस हुन्छ भन्ने मलाई लाग्छ।--Ganesh Paudel (कुरा गर्ने) ०६:०२, २ डिसेम्बर २०१२ (युटिसी(UTC))

भ्रम पूर्ण लेखहरूलाई नियन्त्रण बारे सम्पादन गर्नुहोस्

हाल यस नेपाली विकिमा रहेका विभिन्न लेखहरूमा भ्रमपूर्ण विचारहरू समेत निर्वाध रूपमा प्रकट भैरहेका छन्। शनिग्रह लेखमा वैज्ञानिकहरूले अस्तित्व स्विकार नै नगरेका राहु केतुको अस्तित्वलाई मानिएको, कालसर्प योग, कालसर्प शान्तिविधि जस्ता लेखहरूमा नियतवस भ्रामक र कपोल कल्पित लेख लेखिएको हुनाले यसलाई नियन्त्रणको प्रयास गरिनु पर्छ भन्ने मेरो धारणा छ। साथीहरूको राय जान्न चाहन्छु। -Krish Dulal १४:१८, १ डिसेम्बर २०१२ (युटिसी(UTC))

भ्रमपूर्ण कुराहरू र व्यक्तिगत धारणाहरू हटाउनुपर्छ यो कुरामा म शत प्रतिशत सहमत तर बैज्ञानिक हरूले अस्तित्त्व नस्वीकार्दैमा कुनै विषय विकीमा हटाउनु पर्छ भन्ने मलाई लाग्दैन। बोक्सीको अस्तित्व म मान्न तयार छैन तर विश्वमा हजारौं पुस्तक, फिल्म आदि बोक्सीमा आधारित छन्। त्यसैले राहु, केतु आदि कुनैपनि विषयमा लेख हुनुपर्छ।--Ganesh Paudel (कुरा गर्ने) ०५:५२, २ डिसेम्बर २०१२ (युटिसी(UTC))
विकिपिडियाका लेखहरूमा वैज्ञानिकता, सन्दर्भसहितको प्रमाणिकता र सत्यता आदि हुनुपर्छ। फलानो पुस्तकले वा वेब सन्दर्भले यसो भन्छ, यो किंबदन्ती हो वा वैज्ञानिक सत्यता छैन वा Mythological (पौराणिक) हो भनेर दर्शाएर लेखिनु पर्छ। शनिग्रह जस्ता लेखमा हदभन्दा बडी Mythological (पौराणिक) कुराहरू दिइएकोछ जसलाई संशोधन गर्नु पर्ने मैले पनि देखें। तर अर्को पनि कुरा छ हाम्रो विकिमा सम्पादन गर्ने, लेखहरू बढाउने प्रयोगकर्ताहरूको कमी छ, जसले जुन पाराले रचनात्मक ढंगमा लेखहरू लेख्दैछन् तिनलाई मेटाउने, हटाउने काम गर्दा तिनीहरू हतोत्साहित हुन्छन्। जबसम्म हाम्रो समाज अझ बडी शिक्षित र कम्प्यूटर जान्ने हुँदैन तबसम्म प्रयोगकर्ताहरूको कमी भई रहनेछ। अतः सक्रिय प्रयोगकर्ताहरूको संख्या १०० भन्दा बढोस् त्यसपछि सुधार्दा होला कि? भवानी गौतम (कुरा गर्ने) ०६:२३, २ डिसेम्बर २०१२ (युटिसी(UTC))
  • गणेश जी मैले लेख नै हुनु हुँदैन भनेको पनि हैन, लेख्न त बोक्सीको बारेमा पनि लेख्नुपर्छ तर मेरो उद्देश्य " बोक्सी हटाउन भगवतीलाई जौ तिल चढाउनु पर्छ " भनेर नलेखियोस भन्ने मात्र हो । अझै "कोही कोहीले बोक्सी हटाउन भगवतीलाई जौ तिल चढाउनु पर्छ भनेर विस्वास गर्छन" भनेर लेखे पनि मेरो आपत्ति छैन। _१०:२७, २ डिसेम्बर २०१२ (युटिसी(UTC))

तपाइ हरू लाई धेरै धन्यवाद् सबै कुर रम्रो लगो बि पि लामिछने भारत देखि


विकिपिडियामा फोटो कसरि हाल्ने ? सम्पादन गर्नुहोस्

विकिपिडीयामा म आफ्नो गाउको परिचयको बारेमा मैले थाहा पाएको र जानेको कुरा हरू हाल्न पाएकोमा म र मेरो गाउको तर्फ बाट विकिपिडियालाइ धरै धरै धन्यबाद दिन् चाह्न्छु। र यस मार्फत् आफनो ठाउको बारेमा अरूलाइ पनि जान्कारि दिन पाएकोमा म धैरै खुसि छु । लेख त लेखे मलाइ गाउको एउता दुइ वटा फोतोहरू पनि हल्न् पाए राम्रो हुने थियो कि जस्को लागि मैले के गर्नु पर्ला ? धन्यबाद -यो अहस्ताक्षरित प्रतिकृया लेख्नुभएको छ नन्द बहादुर महर्जनले

नन्दजी, विकिपिडियामा फोटो, अडियो, भिडियो अथवा अन्य कुनै मिडिया राख्नका लागि विकिमिडीया कमन्समा जानुपर्छ र त्यहाँ तपाइँको सामग्री अपलोड गर्नुपर्छ। तर तपाइँले जुन फोटो राख्न खोज्नुभएको छ त्यो तपाइँले आफैं खिचेको हुनुपर्छ। किनकी अर्काले खिचेको फोटो राख्न पाइन्न। तपाइँयो पृष्ठमा गएर त्यहाँ भने बमोजिमका स्टेपहरू पछ्याउँदै तस्वीर अपलोड गर्न सक्नुहुनेछ। --Ganesh Paudel (कुरा गर्ने) ०४:५४, २५ जनवरी २०१३ (युटिसी(UTC))

दाइ मैले लेखेको लेख त देख्नु भयो होला हजुरले ,मेरो लेख सबै घेरा भन्दा बाहिर गएको छ जस्लेगर्दा पढ्न अली अप्थ्यारो भएको छ क्रीपया त्यस्लाई मिलाउन मिल्दैन र ? कसरी मिलाउने ? तपाईं मिलाई दिनु पर्‍यो अनी सिद्धिपुरमा अझ धैरै लेख हरू हाल्न बाँकी छ कसरी जोद्ने हो ? क्क्रीपया झर्को नमानी ब ताइ दिनु हुन्छ कि,धन्यबाद। -यो अहस्ताक्षरित प्रतिकृया लेख्नुभएको छ नन्द बहादुर महर्जनले

नन्दजी, तपाइँको योगदान प्रसंसनीय छ। तपाइँले लेखेको वाक्यको पहिलो लाइनको सबैभन्दा अगाडी खाली स्पेस टाइप भयो भनें लेखेको कुरा सबै बाहिर जान्छ। त्यो हटाइदिनुभयो भनें सबै ठीक ठाउँमा बस्छ। लेख्दै जानुहोस् अनि सिक्दै जानुहुनेछ। धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०६:१८, ३१ जनवरी २०१३ (युटिसी(UTC))

लग आउट गरेर लग इन गर्न सकिन क्रिपय मद्दत गर्नुहोला


Ma lalitpur godawari barema kehi lekhna chhanchhu.Yo auta prakhyat gaun bikash samitte ho ra yahan harek 12 barsha ma singhasta mela 1 mahina samma lagadchha.Nepal ka sabai chhetra bat yanha darshanarthi snan gari sidhheshwor mahadevko darshna gardchhan ra kehi par raheko Nabdhara mandir ko samet darshna gardchhan ra sakne manis haru dandako tuppa ma raheki mata Phulchoki ko samaet darsan gardachhan. 9 ward ma badiyeko yo Godawari 1 ma kitini college 2 ma ramchandra mandir 8 ma Anandeshwo Mahadev ko mandi 9 ma Radha Krishna Mandir 7 ma Fatty Budha ko murti jun 32 FT aglo chha