वासु शशी
वासु शशी (वि. सं. १९९३ साल चैत १३ - २०३९) नेपाली कवि थिए ।
सुरुवाती जीवन
सम्पादन गर्नुहोस्उनका बाबुको नाम भूमिमानन्द र आमाको नाम हितकुमारी हो । उनको न्वारनको नाम वासुदेव वैद्य थियो । वासु शशीले सानै उमेरमा घरैमा अक्षर चिनेका थिए। अलि ठूला भएपछि बम भोलासँग केही समय पढेपछि उनी पद्मोदय हाई स्कूलमा पढ्न थाले । त्यहाँ पढ्दापढ्दै नौ वर्षको उमेरमा उनले 'विद्यार्थी' शीर्षकको कविता लेखे। त्यो कविता 'विद्यार्थी' नामक पत्रिकामा छापियो । १४ वर्षको उमेरमा उनले एस.एल.सी. पास गरे । १६ वर्षमा उनले आई.ए. पास गरे। त्यसपछि उनी बी.एड्. पढ्नका लागि भर्ना भए।
साहित्यिक यात्रा
सम्पादन गर्नुहोस्वि.सं. २०१४मा नन्दीरात्रि हाई स्कूलबाट आयोजित प्रतियोगितात्मक कविसम्मेलनमा 'वसन्त-कोकिल' शीर्षकको कविता पाठ गरेर उनले स्वर्णपदक प्राप्त गरे ।[स्रोत नखुलेको] २०१३ सालमा उनले 'नवनिर्माण' नामको साहित्यिक त्रैमासिक पत्रिका निकाले । २०१४ सालमा 'गोरेटो ' र 'लोकदूत' पत्रिकाको सम्पादन पनि गरे । बी.एड. प्रथम वर्षमा पढ्दा-पढ्दै साहित्यिक प्रतिभाका आधारमा उनले भारतको भ्रमण गर्ने अवसर पाए । उनकी आमा सितार बजाउँथिन् । उनले आमाकै।प्रेरणाले तबला बजाउन सिके। उनले कविता लेख्ने प्रेरणा युगकवि सिद्धिचरण श्रेष्ठबाट पाएका थिए।
अन्य
सम्पादन गर्नुहोस्वि.सं. २००४ मा स्थानीय परोपकार संस्थाको कार्यकर्ताका रूपमा उनले समाजसेवी कार्य गरे । २००८ सालमा उनले जयवागेश्वरी पुस्तकालयको स्थापना गरे । यसै पुस्तकालयको आयोजनामा उनले साहित्यिक कार्यक्रम गर्न थाले । उनको कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, कवि केदारमान व्यथित, इतिहासकार बालचन्द्र शर्मा आदि आउने गर्थे। २००९ सालमा उनले महाकवि देवकोटाको सभापतित्वमा विराट् साहित्य सम्मेलनको आयोजना गरे । वि. सं. २००८ मा स्थापना भएको शारदा मिडिल स्कूलमा उनले २००९ सालदेखि प्रधानाध्यापक भएर सेवा गरे। नेवारी भाषामा नाटक-लेखन र मञ्चन पनि उनले त्यसै बेलादेखि थाले। २०१५ सालदेखि २०१६ सालसम्म उनले फर्पिङ बोर्डिङ हाई स्कूलमा पढाए । त्यस बेलाचाहिँ उनले नेपाली भाषामा नाटक लेखे। उनले नेवारी भाषामा चारवटा नाटक लेखे ।
वि.सं. २०१६ मा भूपी शेरचन, कृष्णभक्त श्रेष्ठ आदि साथीहरूसित मिलेर उनले 'रोदीघर' साहित्यिक संस्था खोले। त्यो संस्थाबाट साहित्यक कार्यक्रमहरूको आयोजना गरेर उनले साहित्यकारहरूका लागि नयाँ वातावरणको सिर्जना गराए। त्यसै वर्षदेखि उनी नेपाल राजकीय प्रज्ञा-पतिष्ठानमा जागीर खान थाले। २०१७ सालमा उनकी आमाको मृत्यु भयो ।
साहित्यिक रचना
सम्पादन गर्नुहोस्२०१९ सालदेखि नेपाली शब्दकोश छाप्ने सिलसिलामा उनी तीन वर्षसम्म भारतको बनारसमा बसे । २०३८ सालमा उनले 'सञ्चय प्रेस' कोस्थापना गरे । उनका प्रकाशित कृतिहरू 'मेरी उषा', 'वासु शशिका कविता', 'यौटा नदी छ म आफैँभित्र', 'बाँसुरीमा नअटाएका धुनहरू', 'विश्वका श्रेष्ठ कथा' आदि हुन् ।
मृत्यु
सम्पादन गर्नुहोस्२०३९ साल चैतमा उनको निधन भयो।