हैजालाई अङ्ग्रेजीमा कोलेरा भनिन्छ र भिवि्रयो कोलेरा नाम गरेको व्याक्टेरियाको कारणले यो रोग लाग्दछ। यो ब्याक्टेरिया १०० डिग्री सेल्सियसको तापक्रममा केही सेकेण्डमै मर्दछ तर वरफमा भने ६ हप्तासम्म जीवित रहन सक्छ। पानीपनि १०० डिग्री सेल्सियसमा उम्लिन्छ, त्यसैले पानीलाई पाँच दश मिनेटसम्म उमालेर मात्र पिउने हो भने हैजा लगायत धेरै रोगबाट बच्न सकिन्छ। भिबि्रयो कोलेराका विभिन्न प्रजातिहरू छन्। केही प्रजातिले विरुद्ध मानिसले प्रतिरोध क्षमता बढाइसक्यो भने केही प्रजातिले चाहिँ एन्टिवायोटिकका विरुद्ध प्रतिरोध क्षमता बढाइसकेको छ। हालसालै भेट्टाइएको एन्टिबायोटिक प्रतिरोधी प्रजाति , जसले बङ्गलादेश, भारत लगायत दक्षिण पूर्वी ऐसियामा आफ्नो प्रभाव बढाउदै लगेको छ र यो क्षेत्रमा जुनसुकै बेलामा पनि यसको महामारी फैलन सक्छ। अचेल हैजाको विरुद्ध खोप पनि पाइन्छ तर त्यो खोपले नया हैजाको विरुद्ध काम गर्न सक्दैन।

 
इलेक्ट्रोन माइक्रोसकोप बाट देखिने हैजाको किटाणु

फोहर र दिसा मिश्रति पानीको माध्यमबाट हैजाका कीटाणु हाम्रो शरीरमा प्रवेश गरिसकेपछि सानो आन्द्रमा पुगेर यसले आफ्नो सङ्ख्या बढाउँछ अनि एक प्रकारको विषादी उत्पादन गर्छ जसलाई cholera toxin (CTX or CT) भनिन्छ। यही विषादीका कारण रोगका विभिन्न लक्षणहरू देखिन्छ। ग्यास्टि्रकको औषधि सेवन गरिरहेका बिरामहरूमा हैजाको किटाणुको सङ्क्रमण हुने र विषादी उत्पादन गर्ने प्रक्रिया चाँडै र सजिलोसँग हुन्छ।

प्रदुषित पानी र खानामा भएको व्याक्टेरीयाले शरीरमा उत्पन्न गर्ने cholera toxinको कारण पखाला लाग्छ, जसले गर्दा शरीरमा पानीको मात्रा घटन गइ कालान्तरमा विरामीको मृत्यु सम्म हुन सक्छ|

फोहर तथा दुषित खानेपानी नै हैजा सर्नु अनि फैलनुको प्रमुख कारण हो। अझ वर्षा याममा आउने बाढी, खानेपानीको मुहानमा मिसिन जाने हुनाले हैजा फैलन धेरै नै सजिलो हुन्छ।

सन् १८३२ बेलायतको लण्डनमा हैजाको महामारी फैलिएपछि हज्जारौंको मृत्यु भयो। अनुसन्धान गरेपछि त्यो बिमारी पानीको कारणले सर्छ भन्ने त थाहा भयो तर नियन्त्रणमा आउन सकेन। त्यो समयमा अहिलेकोजस्तो व्यवस्थित पानीको वितरण व्यवस्था थिएन। ट्यूबवेलबाट सबैले पानी घरघरमा लग्थे। सूक्ष्म अध्ययनपछि त्यो ट्यूबवेलको हृयाण्डलबाट कीटाणु अरु स्वस्थ व्यक्तिमा पनि सरिरहेकोपत्ता लगाइयो र हृयाण्डल भिकियो। त्यसपछि मात्र हैजा नियन्त्रणमा आयो। यसबाट के बुझियो भने एउटा हैजाको बिरामीले ट्यूबवेलको हृयाण्डल छोएको भरमा हज्जारौलाई रोग सार्न सक्ने क्षमता यो रोगमा छ। योम हामारीपछि मात्रै बेलायतमा खानेपानीको व्यवस्थित वितरणको अवधारणा आएको छ।

किटाणु शरीरमा प्रवेश गरेको केही घण्टामै अथवा ६ दिन भित्रमा आफ्नो असर देखाउन थालिहाल्छन्। उपचार नगरिएका बिरामीहरूमा रोगको तीन अवस्था पाइएको छ।

पहिलो अवस्था

सम्पादन गर्नुहोस्

एक्कासी पातलो पानीजस्तो दिसा लाग्छ, जसको मात्रा एकदमै धेरै हुन्छ। कसैकसैमा वान्ता पनि हुनसक्छ र पेट नदुख्न पनि सक्छ। दिसा पातलो र चौलानी पानीजस्तो रङ्गको हुन्छ र पटक पटक हुन्छ। एक घण्टामै ३-४ पटक सम्म हुनु अस्वभाविक हैन। यो अवस्थामा उपचार गरिएन भने बिरामी दोस्रो अवस्थामा प्रवेश गर्छ।

दोस्रो अवस्था

सम्पादन गर्नुहोस्

यो अवस्थामा शरीर चिसो हुँदै जान्छ, हात खुट्टा र ओठ नीलो हुँदै जान्छ। रक्तचाप घट्छ तर मुटुको धड्कन बढ्छ। शरीरमा पानीको मात्रामा कम हुँदै जान्छ। आँखाभित्र पसेको गालामा खाल्डो परेको र बिरामीले थोरै मात्र पिसाब गरेकोबाट नै शरीरमा पानी कम हुँदै गइरहेको थाहा पाउन सकिन्छ। पानीको मात्रा कम हुनाले सोडियम र पोटासियम लगायतका इलेक्ट्रोलाईटहरूमा असन्तुलन आउने हुँदा मांसपेशीमा तनाव पैदा हुन्छ। रगतमा ग्लूकोजको मात्रा घट्छ र बिस्तारै मिर्गौला काम गर्न छाड्छ। धेरै जनाको मृत्यु यही अवस्थामा यिनै कारणहरूले गर्दा हुन्छ। यदि बिरामीले यो अवस्था पार गर्‍यो भने तेस्रो अवस्थामा जान्छ।

तेस्रो अवस्था

सम्पादन गर्नुहोस्

यो अवस्थामा बिरामी बिस्तारै ४-५ दिनमा पहिलेकोजस्तै सामान्य स्थितिमा र्फकन सुरु गर्छ। बिरामी कमजोर हुन्छ तर खासै क्षति भने हुँदैन।

सबैभन्दा उत्तम त उचित सरसफाइ र स्वस्थ खानपान गरेर रोग लाग्न नदिनु नै हो तर लागिहालेको खण्डमा भने सचेत हुनैपर्छ। हैजाको बिरामी दोस्रो अवस्थामा पुगिसकेको छ भने अस्पताल लैजानै पर्छ र रगतका माध्यमबाट एन्टिवायोटिक लगायतका अन्य उपचार गर्नुपर्दछ तर पहिलो अवस्थामा नै रहेका बिरामीको लागि गरिने मुख्य उपचार भनेकै शरीरमा पानी पूर्ति गराउने हो जुन घरमै पनि गराउन सकिन्छ। यसको लागि जीवनजल बनाएर खुवाउन सकिन्छ र यदि जीवनजल छैन भने दालको झोल पिलाउनुपर्छ। त्यो पनि सम्भव छैन भने तत्काललाई बिरामीको ज्यान बचाउन नुन चिनी पान बनाएर खुवाउनुपर्छ अनि अस्पताल लैजानुपर्छ।

"हैजा" पृष्ठमा फर्कनुहोस्।