वार्तालाप:नरेन्द्रराज प्रसाईं

@Krish Dulal:ज्यू, यहाँले यो पेजको केही अंशहरू हटाउनु भएछ। 'अति प्रशंसा' नाम दिएर हटाउनु भएका ती अंशहरू के कारणले अति प्रशंसा हुन गयो त्यो पनि उल्लेख गरिदिनुभए आभारी हुने थिएँ। जब कि मैले राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रकवि दिलाउन उनले र उनी आवद्ध भएको संस्था नइ प्रकाशनले गरेका कार्यहरूको बारेमा प्रकाशित केही लिङ्कहरू राखेको थिएँ। यस्तै सत्यमोहन जोशीलाई शताब्दी पुरूषको उपाधि दिलाउन उनी र उनी आवद्ध संस्थाले गरेका पहलहरू बारे लेखिएको केही लिङ्कहरू राखेको थिएँ। गत हप्तामा मधुपर्क पत्रिकाको वार्षिक उत्सवको अवसरमा मधुपर्क सम्मान र प्रतिभा पुरस्कार कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशी थिए। 'मलाई ९५ वर्षको उमेरमा नै नरेन्द्रराज प्रसाई र नइ प्रकाशनले शताब्दी पुरूष घोषणा गर्दा मैले म १०० वर्ष नपुग्दै किन यो उपाधि दिएको भनेर भनेको थिएँ। ५ नम्बर ग्रेस दिएर शताब्दी पुरूष भनेको भन्नुभयो। त्यसैको प्रभावले पनि होला म अहिले १०० वर्ष पुगेँ। नेपाल सरकारले मलाई आज यो शताब्दी पुरूषको उपाधि दिएको छ त्यसमा सम्पूर्ण श्रेय उनै नइलाई छ।' सत्यमोहन जोशीले भनेका थिए। मसँग त्यसको भिडियो नै छ। कसैले गरेका कामको श्रेय त्यही व्यक्तिलाई दिनु कसरी अति प्रशंसा भयो? जबकि त्यो श्रेयका बारेमा पत्रपत्रिकाले लेखेका छन्। स्वयम् उपाधि पाउने व्यक्तिले बोलेका छन् लेखेका छन्।

हो म विकिपिडियामा नयाँ छु। सिक्दैछु। जीवनपर्यन्त सिकिरहनेछु। यहाँहरू जस्तो विज्ञबाट दीक्षित हुनेछु भन्ने आशा गरेको छु। दीपक कथित (कुरा गर्ने)

"नरेन्द्रराज प्रसाईं" पृष्ठमा फर्कनुहोस्।