वार्तालाप:गोविन्द वर्तमान

मेटाउन सहमत छैन सम्पादन गर्नुहोस्

मेटाउन सहमत छैन --111.119.49.131 (कुरा गर्ने) ०९:५४, २५ जुन २०१९ (युटिसी(UTC)) किनभने गोविन्द वर्तमान नेपाली भाषाका निकै नामचिन साहित्यकार हुन् । उहाँ को किताब सोर्ह साझ मदन पुरस्कार को उत्कृष्ट आठमा मनोनीत हुन सफल भएको थियोे । उनी नेपाली पाठकमाझ अत्यन्तै परिचित छन् ।

तपाईले यस सम्बन्धमा थप जानकारी राखि सहयोग गर्नु हुन अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) १६:५०, २५ जुन २०१९ (युटिसी(UTC))
गोविन्द वर्तमान नेपाली कविता र निबन्धलेखनमा सुपरिचित नाम हुन्। यसका साथै उनी पत्रकार पनि हुन्। केही वर्षपहिले उनको निधन भयो। उनको सोह्र साँझ र हरियो साइकल उनको चर्चित निबन्ध सङ्ग्रह हो। उनको पेज हटाउनु भन्दा पनि पूर्णता दिनु उचित हुन्छ। अरू कसैले उनको पेजलाई पूर्णता दिएनन् भने म नै यो कार्य गर्नेछु। उनको परिवारलाई पनि म चिन्दछु र उनका नजिकका साथीभाइसँग मद्दत लिएर पनि यो पेजलाई पूर्णता दिन सकिन्छ। उनका नजिकका मित्रहरू खगेन्द्र सङ्ग्रौला, श्यामल, पुरूषोत्तम सुवेदी, विमल निभा, शार्दूल भट्टराई, नारायण ढकाल, अविनाश श्रेष्ठ आदि हुन्। दीपक कथित (कुरा गर्ने)
"गोविन्द वर्तमान" पृष्ठमा फर्कनुहोस्।