महावीर
वर्द्धमान महावीर अथवा भगवान महावीर जैन धर्मका प्रवर्तक हुन्। महावीरलाई सन्मती, महावीर श्रमण, वर्धमान आदि नामले पनि चिनिन्छ । उनी प्राचीन भारतको महान दार्शनिकहरू मध्येका एक हुन्। वर्द्धमान महावीर त्यो युगका धार्मिक सुधारकहरू मध्ये सबभन्दा वरिष्ठ थिए । यिनी, वर्द्धमान महावीर जैन धर्मका संस्थापक थिए । उनी धर्मका संस्थापक नभएर एक सुधारक थिए भन्ने कुरा केही भारतीय र पश्चिमी विद्वानहरूद्वारा प्रमाणीत भएको पाइन्छ।
जन्म र बाल्यकाल
सम्पादन गर्नुहोस्वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाउ नाजिकको कुन्द ग्राम मा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिन्। वर्धमान महावीरका नन्दी वर्द्धन नामक एक जेठा भाइ थिए । वर्द्धमान महावीरकी ६ वटा मातृ काकीहरू थिन्, जिनका बिहे पूर्वी भारतका विभिन्न राजाहरूसँग भएको थियो। यस प्रकार वर्धमान महावीर विभिन्न राजाहरूसँग सम्बन्धित थिए र अंतत: यसले उनलाई उनको जैन धर्म सुधारको कार्यमा महत्त्वपूर्ण सहयोग प्राप्त भयो।