वर्णाश्रम धर्म
वैदिक सनातवर्णाश्रम हिन्दू धर्म दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । यो वर्गीकरण र विभाजन क्रमको दृष्टिले नभई अध्ययनको दृष्टिले गरिएको हो । खप्तड स्वामीले वर्णाश्रम व्यवस्थालाई वंशानुक्रम र वातावरण दुवैलाई ध्यानमा राखेर बनाइएको सामाजिक व्यवस्था बताएका छन् । आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको रगतका श्रेणी तथा क्रोमोजोमलाई चार प्रकारले नै विभाजन गरेको छ । [१]
[[हिन्दु वर्ण व्यवस्था|वर्ण व्यवस्था]]
सम्पादन गर्नुहोस्वर्णको अर्थ हो रङ्ग । त्यसैले वर्णले खास समूहलाई बुझाउंछ । वर्ण र जातिमा अन्तर हुन्छ । जातिको आधार जन्म हुन्छ भने वर्णको आधार जन्म होइन । वर्णलाई एक प्रकारको सामाजिक विभाजन भन्न सकिन्छ तर यो विभाजन मर्यादाक्रममा आधारित भने थिएन । वर्णको समानान्तर शब्द वर्ग हुन सक्छ तर जाति हुन सक्दैन । उपनिषद्कालमा सामाजिक सङ्गठनका दुइ आधारहरू मानिएका छन्– वर्ण व्यवस्था र आश्रम व्यवस्था । वैदिक साहित्यमा वर्ण रंगको अर्थमा प्रयुक्त, भएको छ ।[२] वर्ण व्यवस्थाको आधार ऋग्वेद पुरुष सूक्तमा निहित छ ।[३] यस अनुसार समाजका चार विभाजन निम्नलिखित छन्
- १. ब्राह्मण
- २. क्षत्रिय
- ३. वैश्य
- ४. शूद्र
प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।
वर्ण | कार्य विभाजन | वर्ग |
---|---|---|
ब्राह्मण | समाज हितमा निरन्तर अध्ययन अनुसन्धान गर्नु | बौद्धिक |
क्षत्रिय | समाजको रक्षाका लागि अस्त्रशस्त्र चलाउनु | सैन्य |
वैश्य | देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु | व्यवसायी |
शूद्र | समाजको सेवा गर्नु | कर्मचारी |
सामाजिक जीवनलाई जस्तै व्यक्तिगत जीवनलाई पनि हिन्दु दर्शनकारहरूले चार भागमा विभाजित गरेका छन्–
- १. ब्रह्मचर्य
- २. गृहस्थ
- ३. वानप्रस्थ
- ४. संन्यास
उपसंहार
सम्पादन गर्नुहोस्वर्ण र आश्रमको संयुक्त स्वरुप नै वर्णाश्रम हो । प्राचीन दर्शनकारहरूले यी दुवै व्यवस्थालाई एक अर्काको परिपूरक मानेका थिए । जसको प्रयोगले व्यक्ति र समाजले पुरुषार्थ प्राप्तिका प्रयास गर्दथे । यसलाई उनीहरूले वर्णाश्रम भनेका छन् । वर्णाश्रम व्यवस्थामा त्यागमय भोग र आध्यात्मिक सांसारिकताको अनौठो संयोग पाइन्छ । चार पुरुषार्थको प्राप्तिका लागि यस व्यवस्थालाई आवश्यक ठानिएको छ । वर्णाश्रमको स्थापना अन्तिम लक्ष्य होइन । यसको उद्देश्य व्यक्ति र समाजले पुरुषार्थ प्राप्त गरोस् भन्नेहो । पुरुषार्थ त्यो मानवीय क्रियाकलाप हो जबसबाट व्यक्ति र समाजको जीवन सुखी र सन्तोषपूर्ण हुन जान्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ खप्तड स्वामी (वि.सं.२०५१), धर्मविज्ञान, सार संक्षेप सम्पादक चूडानाथ भट्टराय, काठमाडौँ: बबी शाह, पृ: ६९–७०।
- ↑ शर्मा, जनकलाल (वि.सं.२०३९), हाम्रो समाज, काठमाडौ“: साझा प्रकाशन, पृ: ५९।
- ↑ ब्राह्मणस्य मुखामासीद्बाहुराजन्य कृतः। उरु तदस्ययद्वैश्यः पदभ्यांशूद्रो अजायतः। अर्थात् विराटपुरुष भगवान् का मुखबाट ब्राह्मण वर्णको उत्पत्ति,भुजाबाट क्षत्रिय वर्णको उत्पत्ति,तिघ्राबाट वैश्यवर्णको उत्पत्ति र पाउबाट शूद्रवर्णको भएको हो | ऋग्वेद., पुरुषसूक्त १०.९०.१२ ।