अश्लील चलचित्र

(वयस्क चलचित्रबाट अनुप्रेषित)

अश्लील चलचित्र त्यस्ता चलचित्रहरू हुन् जसले दर्शकहरू माझ यौन उत्तेजना उत्पन्न गरी यौन सन्तुष्टि दिनको लागि यौनलाई स्पष्ट विषय बनाएर प्रस्तुत गरेको हुन्छ। अश्लील चलचित्रहरूले यौन कल्पनाहरू प्रस्तुत गर्दछ र सामान्यतया नग्नता र यौन संभोग जस्ता कामुक उत्तेजक तत्वहरू समावेश गर्दछ। सन् १९०० को दशकको प्रारम्भमा चलचित्रको आविष्कारसँगै अश्लील चलचित्रमा नयाँ प्रविधिको प्रारम्भ भएको थियो।

एक अश्लील चलचित्रको पोस्टर

सन् १८८० को दशकमा चलचित्रको आविष्कार भएदेखि नै अश्लील चलचित्रहरू बन्न थालेका थिए। यस्ता चलचित्रहरूको निर्माण लाभदायक हन्थ्यो भने धेरै निर्माताहरूले यश प्रकारका चलचित्रहरूको निर्माणमा विशेषज्ञता हासिल गर्न थालेका थिए। तथापि, समाजका विभिन्न समूहहरूले यस्ता चित्रहरूलाई अनैतिक ठान्दै, यस्ता चलचित्रहरूलाई "अश्लील"को रूपमा प्रचार गरी अश्लील कानूनहरू दबाउन सफलतापूर्वक प्रयास गरेका थिए। यसको बाबजुद यस्ता चलचित्रहरू निर्माण भइरहेता पनि यसको वितरण भने भूमिगत तरिकाहरूबाट मात्र हुन्थ्यो। यस्ता चलचित्रहरू हेर्दा सामाजिक लाञ्छना लाग्ने भएकोले यी चलचित्रहरू वेश्यालय, वयस्क चलचित्र केन्द्र, पार्टी, निजी क्लब र रातको समयमा चलचित्र प्रदर्शन केन्द्रमा देखाइन्थ्यो।

सन् १९७५ को दशकलाई अश्लील चलचित्रको स्वर्ण युगको रूपमा लिइन्थ्यो भने यस समय यस्ता चलचित्रहरू अर्ध-वैध थिए। सन् १९८० को दशकसम्ममा घरेलु भिडियोमा अश्लील सामग्रीहरू व्यापक रूपमा वितरण भइसकेको थियो। सन् १९९० को दशकको उत्तरार्ध र सन् २००० को दशकको सुरुवातमा इन्टरनेटको उदयले अश्लील चलचित्रहरू वितरण गर्ने तरिकामा पनि परिवर्तन हुँदा यसले इन्टरनेटको माध्यमबाट हुने अश्लील सामग्रीहरूको वितरणलाई रोक्ने विधिमा थप जटिलता निम्त्याएको थियो।

प्रारम्भिक इतिहास

सम्पादन गर्नुहोस्

चलचित्रको आविष्कर भएको लगभग केही समय पछि नै अश्लील चलचित्रको पनि निर्माण हुन थाल्यो । पहिलो अश्लील चलचित्रको शुरुवात युजिन पिरोउअल्बर्ट किर्च्नर नाम गरेका दुई फ्रेन्च नागरीकले गरेका थिए । १८९६ मा किर्च्नरले निर्देशन गरेको ७ मिनेटको चलचित्र ले कोचर डे ला मारियामा अभिनेत्री लुइस विल्लीले स्नान गर्दा कपडा फुकालेर नग्न भएको दृष्य समावेस गरिएको छ ।[] अन्य फ्रेन्च निर्मातहरूले पनि यस्ता महिलाको नग्नता प्रश्तुत गर्ने आपत्तिजनक चलचित्रबाट नाफा कमाउने कुरामा विचार गर्न थाले ।

कानुनी प्रावधान

सम्पादन गर्नुहोस्

सन्दर्भ सूची

सम्पादन गर्नुहोस्
  1. Richard Abel, Encyclopedia of early cinema, Taylor & Francis, 2005, ISBN 978-0-415-23440-5, p.518

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्