लोकेन्द्र बहादुर चन्द (गायक)
लोकेन्द्र बहादुर चन्द पश्चिम नेपालका प्रख्यात गायकका रूपमा चिनिन्छन । लोकेन्द्र बहादुर चन्दको जन्म २०४४ साल असोज २७ गते बुवा काशी चन्द र आमा श्रीमती भानमती देवी चन्दको कोखबाट बैतडी जिल्ला, आमचौरा गाउँ विकास समिति वडा नं- ९ विनायक गाउँमा भएको हो । सुरिलो स्वरका धनी गायक लोकेन्द्र बहादुर चन्द सानैदेखी गित गाउनमा पोक्त थिए । सामान्य परिवारमा हुर्किएका लोकेन्द्र गोठालो जादा र बनपाखा जादा आफ्नै तालमा गित गाउने गर्दथे । त्यसका अलवा आफू पढने स्कुलमा पनि मीठो स्वरमा देउडा भाका गाउने गर्दथे । अन्तर स्कुल गित प्रयोगिताहरूमा लोकेन्द्र बहादुर चन्द सधै पहिलो स्थानमा आउथे । उनले औपचारिक शिक्षा साथै माध्यमिक स्तरको शिक्षा गाउँको स्कुल श्री कल्याणपुर प्राथमिक विद्यालय र श्री जबलपुर माध्यमिक विद्यालय सैलोडाबाट गरे भने उच्च शिक्षा भारत,खटिमाबाट गरेका थिए । २०६४ सालबाट सकृय गायन पेशामा लागेका लोकेन्द्र बहादुर चन्दले हालसम्म थुप्रै देउडा गीति एल्बमहरूमा स्वर दिइसकेका छ्न । उनको पछिल्लो देउडा गीति एल्बम जन्मन्या ठाउँ बिरानी भैगै ले धेरै चर्चा कमएको छ जसमा गायक स्वंम चन्द र गौरी भट्ट को सुमधुर स्वर रहेको छ । [१]
लोकेन्द्र बहादुर चन्द | |
---|---|
चित्र:Lokendra B..Chand.jpg | |
व्यक्तिगत विवरण | |
जन्म | मदन चन्द २०४४ असोज २७ गते बैतडी जिल्ला, आमचौरा गाविस, नेपाल |
नागरिकता | नेपाली |
पेशा | कलाकार |
हालसम्म स्वर दिएका गीति एल्बमहरू
सम्पादन गर्नुहोस्- बॉस कोएली बॉस (एकल)
- भर्ती भया पुलिस मा (एकल)
- स्कुल पढ़ भंन्दथे मेरा आमा बुवा ले (एकल)
- रुन्छु कठै लाड़ी (ठाडी भाका)
- भाइ बहिनी को बिलौना (दोहरी)
- ड्यूटी छ रोल्पा रुकुम दोहरी
- आउना आउना थग्या (दोहरी)
- मेरा घट्ट पानी कुलो (दोहरी)
- शिव शिव (भजन)
- जनम्या ठाउँ बिरानी भैगई (दोहरी)
- स्वर मिठो कोएली चरी (दोहरी)
- जादै छु समुन्द्र पारी (दोहोरी)
आउन बाकी एल्बमहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://sajhasabal.com/blog/news/deuda-gayak/ वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-१४ मिति