लोकविश्वास

जनविश्वाससम्पादन

लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो।

हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। यस्तो विश्वास स्थान, जातजाति-भाषाभाषी र संस्कृतिअनुसार भिन्नभिन्न प्रकारको हुनेगरेको पाइन्छ। कुनैकुनै विषयमा भने धेरैतिर यस्तो विश्वासमा समानता रहेको पनि भेटिन्छ।

लोकजीवनमा घट्ने अनेक घटनाहरूले यस्तो विश्वासको जन्म हुने र प्रचलनमा आउने गर्दछन्। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। प्राकृतिक घटना र आकस्मिकता लोकमा लोकविश्वास जन्माउने र ती विश्वासलाई स्थापित गराउने प्रमुख कारणहरू हुन्। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्। कुनैकुनै भने काल र परिस्थितिको पिसाइबाट असत्य बन्न पुग्दछन्। अतः लोकविश्वास, अन्धविश्वास वा रुढी मात्रै होइन, यो लोकजीवनको ज्ञान र अनुभवबाट जन्मेर स्थापित भएको लोकको विश्वास हो।

वर्गीकरणसम्पादन

लोकविश्वासलाई धेरै आधारहरूमा वर्गीकरण गर्न सकिन्छ। जातिको आधारमा, भाषाभाषीको आधारमा, स्थानको आधारमा, बस्तु र विषयको आधारमा। जातजातिअनुसार वा भाषाभाषीअनुसार पनि लोकविश्वासमा भिन्नता पाइन्छ। स्थान र कालअनुसार पनि लोकविश्वासमा भिन्नता हुन्छ। तर सबैलाई केलाउँदा विषय र बस्तु नै लोकविश्वास वर्गीकरणका मुख्य आधार हुन भन्ने देखिन्छ।

  • पूर्वाचार्यहरूको वर्गीकरणतिर दृष्टि दिँदा दिवस -२०३९ः२२०)ले निम्नानुसार राखेको पाइन्छ-

१) शुभ तथा कल्याणको निमित्त गरिने कर्मकाण्डी विश्वासहरू २) पशुपक्षी विषयक विश्वासहरू ३) आंगिक क्रिया विषयक विश्वासहरू ४) शारीरिक चिन्ह विषयक विश्वासहरू

५) साइत-बिसाइत विषयक विश्वासहरू ६) वस्तुको निर्माण र उपयोग विषयक विश्वासहरू ७) भविष्य सूचना विषयक विश्वासहरू ८) स्वप्न विषयक विश्वासहरू ९) निषेध विषयक विश्वासहरू

  • दिवसको यो वर्गीकरण नेपालका धिमाल जातिमा प्रचलित लोकविश्वासको सन्दर्भमा आएको हो। उपाध्याय -१९८८)ले भारतमा बसोबास गर्ने जनताहरूमा प्रचलित लोकविश्वासहरूलाई निम्नानुसारका शीर्षकहरूमा राखेर हेरेका छन्-

१) आकाशीय पिण्डसम्बन्धी लोकविश्वास २) पृथ्वीसम्बन्धी लोकविश्वास ३) प्राणी जगतसम्बन्धी लोकविश्वास ४) मानव शरीरसम्बन्धी लोकविश्वास ५) विविध लोकविश्वास

विविध अन्तर्गत महिना, दिन, बार तथा घरेलु बस्तुसम्बन्धी लोकविश्वासहरूलाई समावेश गरिएको छ।

  • सुवेदी -२०५५)ले नेपाली लोकजीवनमा प्रचलित लोकविश्वासहरूलाई निम्नानुसार शीर्षकहरूमा राखेर चर्चा गरेको पाइन्छ-

१) शकुन-अपशकुन २) पापपूण्य-स्वर्गनर्क ३) श्राद्धकर्म-कुलायन पूजा ४) लागोभागो-जोखना ५) नजरलाग्नु-आँखा लाग्नु ६) टुनामन्तर वा मोहनी ७) धामी पतुर्नु तथा देवता चढ्नु ८) डाइनी बोक्सी र बोक्सेरो ९) किचकन्नी तथा भयांनी १०) राक्षस पूजा ११) भूतप्रेत, मसान, मुर्कट्टा, ख्याक १२) इन्द्रजाल र जादू

माथि प्रस्तुत वर्गीकरणहरूमध्ये उपाध्यायको वर्गीकरण बस्तुको आधारमा भएको छ भने अन्य दुवै वर्गीकरणमा विषय र बस्तु दुबै मिसिएर आएका छन्। कुनै एउटालाई आधार मानेर गरिएको वर्गीकरण बढी वैज्ञानिक हुन्छ।

  • यस आलेखमा बस्तुलाई मुख्य र विषयलाई सहायक आधार मानेर लोकविश्वासलाई निम्नानुसार वर्गीकरण गरी उपलब्ध लोकविश्वासहरूलाई तिनै शीर्षकमा राखी जानकारी दिइएको छ।

१) प्रकृति र प्राकृतिक घटनासम्बन्धी लोकविश्वास २) ऋतु, महिना, दिन, बारसम्बन्धी लोकविश्वास ३) सङ्ख्यासम्बन्धी लोकविश्वास ४) पशु-पक्षीसम्बन्धी लोकविश्वास ५) मानव अङ्ग वा आंगिक क्रियासम्बन्धी लोकविश्वास

६) स्वर्ग-नर्क तथा पाप-पूण्यसम्बन्धी लोकविश्वास ७) टुना, मोहनी, मन्त्र, देवता, राक्षस, डाइनी, बोक्सी, भूतप्रेत, धामीझाँक्री, किचकन्नीसम्बन्धी लोकविश्वास

८) शकुन-अपशकुनसम्बन्धी लोकविश्वास ९) कल्याण-अकल्याणसम्बन्धी लोकविश्वास १०) भविष्य सूचनासम्बन्धी लोकविश्वास ११) स्वप्नसम्बन्धी लोकविश्वास १२) अन्य उपलब्ध केही लोकविश्वासहरू

प्रकृति र प्राकृतिक घटनासम्बन्धी लोकविश्वाससम्पादन

यस अन्तर्गत पृथ्वी र खगोलीय घटना, दृश्य तथा परिवर्तनसँगसम्बन्धी लोकविश्वासहरू आउँछन्।

१) रोल्पाको 'शेष' खण्डमा बग्ने मारी नदीमा जेठ-असारमा समयमा वर्षा नभई खडेरी परेमा पानी माग्ने संस्कारको रूपमा 'मैन्यारी' गर्ने प्रचलन छ। यसमा बाजागाजासहित खोला किनारमा स्वाङे नाच्ने र माछा मार्ने चलन छ। यसो गरेमा वर्षात हुन्छ भन्ने विश्वास छ -बुढाः२०५८ः६-७)।

२) अवधि समुदायमा-असार बदी अष्टमीको चन्द्रमा बादलले घेरिएको र बादलभित्रबाट निस्कन्छ भने साढे तीन महिनासम्म राम्रो वषरा हुने लोकविश्वास छ -त्रिपाठीः२०६२ः३)।

३) असार महिनामा पूणिर्माको दिनमा पूर्वी हावा चलेको छ भने खेती राम्रो हुने र पूर्वदक्षिण -आग्नेय कोण/लङ्क कोण)को हावा चलेको छ भने अनिकाल पर्छ भन्ने लोकविश्वास छ।

४) बिजुली चम्कनुको साथै चट्याङ परिरहेको बेला 'भद्रे जाबुनोको रुखमुनि छु' भन्दै चिच्याएमा आफूमाथि चट्याङ पर्दैन भन्ने राप्ती अञ्चलतिर लोकविश्वास छ।

५) दँगौरा थारु समुदायमा बैशाख-जेष्ठमा पानी नपरेर लामो खडेरी परेमा 'मघालोट्ना' गर्ने चलन छ। थारु महिलाहरू रात्रीको समयमा एकत्रितभई प्रायः निर्वस्त्रभई सजना गाउँदै गाउँको गल्लीमा उल्टो हलो, फरुवाले जोत्ने, खन्ने गर्दछन्। अर्को दिन गैया बेहर्ना गरिन्छ। यो एउटा लोकनाटक हो। यसो गरेमा वषरा हुन्छ भन्ने लोकविश्वास छ। यसलाई अठार मगरातको 'मैन्यारी'सँग तुलना गर्न सकिन्छ।

६) दँगौरा थारु जातिमा 'गुरूबाबक जल्मौती' नामक काव्य गुरैँमा वाचन गर्ने र कुनै बेला गाइन्छ पनि। यो थारु सृष्टि दर्शन हो। सो विषयलाई थारु जातिले कृष्णाष्टमीमा 'अष्टिम्की' भित्ते चित्रका रूपमा पनि प्रस्तुत गर्दछ। यस अनुसार ब्रहृमाण्ड सर्वप्रथम शुन्य भएको र यहाँ आगो उत्पत्ति भई सबै जलेको र धुवाँको प्रभावबाट बादल बनी वषरा भएर जलमग्नभई जलमा जीव जन्तु र वनस्पतीको सृष्टि भएको लोकविश्वास छ।

७) सन्ध्याको बेला आकाशमा बादल छाएमा वषरा हुन्छ भन्ने लोकविश्वास छ -उपाध्याय, १९८८इः५७)।

८) इन्द्रेणी लागेमा वषरा रोकिन्छ भन्ने लोकविश्वास छ।

ऋतु, महिना, दिन, बारसम्बन्धी विश्वाससम्पादन

१) अवधि समाजमा-मङ्गलवार र बुधबारका दिन उत्तर दिशामा र सोमबार तथा शनिबार पूर्व दिशामा जानु हुँदैन। बिहिबार दक्षिण दिशामा यात्रा गरेमा विना अपराध नै दण्डको भागी हुनुपर्ने लोकविश्वास छ -त्रिपाठी, २०६२ः८)।

२) अवधि समाजमा-आइतबार चमारको घरमा, सोमबार नाईको घरमा, मङ्गलवार काछीको घरमा, बुधबार धोबीको घरमा, बिहिबार बाहुनको घरमा, शुक्रवार बैश्यको घरमा र शनिबार बेश्याको घरमा जानु फाइदाजनक हुने लोकविश्वास छ -त्रिपाठी, २०६२ः९)।

३) शनिवार र मंगलबारको दिन कतै यात्रा गर्नु हुँदैन यस्तो यात्रा अनिष्टकारी हुन्छ भन्ने लोकविश्वास छ।

४) धिमाल समाजमा बुधबार नयाँ घरमा सर्ने र बिहिबार र शुक्रबार नयाँ कपडा लगाउँदा शुभ हुन्छ भन्ने विश्वास छ -दिवस, २०३९ः२२७)।

५) मंगलबारको दिन रात्रीमा बरपीपलको बोटमुनि बोक्सीहरू नाच्ने र बोक्सेरो सिक्ने कार्य हुन्छ भन्ने लोकविश्वास छ।

६) इङ्गलैण्डको डेबोन सायर प्रदेशका मानिसहरूमा आइतबारको दिन नङ काट्नु र दाढी काट्नुलाई अशुभ मान्ने विश्वास छ -उपाध्याय, १९८८ इः १३३)।

सङ्ख्यासम्बन्धी लोकविश्वाससम्पादन

१) जापानमा तेह्र अङ्कलाई अशुभ मानिन्छ। त्यसैले त्यहाँ तेह्र सङ्ख्या प्रायः प्रयोग गरिदैन।

२) हिन्दू समाजमा बिजोडा सङ्ख्याप्रति विशेष विश्वास छ। यो शुभ-अशुभ दुवै सन्दर्भमा प्रयोग हुन्छ। साततोली बाचा, नौतोली बाचा, तीनतोली बाचा, नवरस, नवदुर्गा, सप्तषिर्, त्रिलोक, पञ्चगव्य, पञ्चामृत, पञ्चायत आदि।

पशुपक्षीसम्बन्धी लोकविश्वाससम्पादन

१) यात्राको बेला बाच्छा-बाच्छीलाई दुध चुसाउँदै गरेको गाईको दर्शन ज्यादै शुभ हुन्छ।

२) बिहान सबेरै आँगनको डिलनेर आएर काग कराएमा कुनै अतिथि आउँदैछन् भन्ने विश्वास गरिन्छ।

३) भारतमा मार्ग महिनामा नाग देखिएमा अपशकुन हुन्छ भन्ने लोकविश्वास छ -१९८८इः११६)। राप्ती क्षेत्रमा वषरा मौसममा साप देखिएमा वषरात हुने र नागपञ्चमीपछि नाग देखिएको लाई अपशकुन ठानिन्छ -आचार्य, २०६२ : ११२)।

४) कागको जिभ्रोको मासु खाएमा मानिस अमर हुन्छ भन्ने भारतमा लोकविश्वास छ -उपाध्याय, १९८८इः१०२)।

५) इङ्गलैण्डमा प्रातः कालमा भाले बास्यो भने प्रेतात्माहरू यो लोक छाडेर भाग्छन् भन्ने लोकविश्वास छ -पूर्ववत् : ११२)।

६) यात्रामा बिरालोले बाटो काटेमा वा छेपारोले बाटो काटेमा अपशकुन मान्ने लोकविश्वास छ।

७) रात्रीमा बुद्रुङ नामको चरो एकोहोरो कराएमा अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।

८) कुकुर एकोहोरो स्वरमा रोयो भने गाउँघरमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ।

९) घरको धुरीमा गिद्ध बस्यो भने अशुभ हुन्छ भन्ने लोकविश्वास छ।

१०) मरेको गोरुको टाउको बारीको छेउँमा ठड्याएर राखेमा बाली नालीमा कसैको आँखा नपर्ने लोकविश्वास छ -दिवस, २०३९ः २२१)।

११) चल्ला काडेको डिम्बाको खोस्टा काठमा उनेर घरको छानामा या बारमा राखेमा कुखुराका चल्लालाई चील, काग वा अन्य पन्छीले खाँदैनन् भन्ने विश्वास धिमाल र थारु जातिमा पनि छ -पूर्ववत्)।

१२) गाउँको नजीकमा प्रायः रात्रीमा ˆयाउरो एकोहोरो कराएमा गाउँमा कुनै अनिष्ट हुन्छ भन्ने विश्वास छ। १३) हिन्दु धर्ममा तीन् जना घर बात बाहिर् जानु हुदैन भन्ने बिश्वास् गरिन्छ !

मानव अङ्ग वा आंगिक क्रियासम्बन्धी लोकविश्वाससम्पादन

१) बाडुली लागेमा कसैले प्रेमपूर्वक सम्झना गरेको र घाँटी खस्खसाएमा कसैले कुरा काटेको वा आलोचना गरेको भन्ने लोकविश्वास छ।

२) पाइतला चिलाएमा कतै यात्रा गर्नुपर्छ भन्ने लोकविश्वास छ।

३) हात चिलाएमा निकट भविष्यमा कसैबाट पैसा पाइने र नङ फुलेमा नयाँ कपडा प्राप्त हुने लोकविश्वास छ।

४) भोजपुरी प्रदेशमा भाद्र शुक्ल तृतीयाका दिन गरिने तीज व्रतको विधानअनुसार नवविवाहिता बुहारीको शरीरको कुनै भागमा बलेको बत्तीले पोल्ने र यसरी पालेको ठाउँमा राम्ररी फोकाहरू उठेमा उसको दीर्घ सौभाग्यको लक्षण मानिने विश्वास छ -उपाध्याय, १९९०इः२८-२९)।

५) पुरुषको देब्रे आँखा र महिलाको दाहिने आँखा फर्फराएमा अपशकुन हुन्छ भन्ने लोकविश्वास छ।

६) धिमाल जातिमा ओठ फर्फराए वा दाँत चिलाए मासु खान पाइन्छ भन्ने जनविश्वास छ -दिवस, २०३९ः २२४)।

७) जिभ्रो टोकिए निकट भविष्यमा मासु खान पाइन्छ भन्ने लोकविश्वास छ।

८) बिरामी 'हाइ' गरेमा रोग लम्बिने र छिउँ छिउँ आए चाँडै निको हुन्छ भन्ने लोकविश्वास छ -दिवस, २०३९ः२२४)।

९) जिभ्रोको टुप्पो कालो हुने मानिस बोक्सी हुन्छ भन्ने विश्वास छ।

१०) निधार वा ललाट ठूलो वा चौडा हुने व्यक्ति बौद्धिक हुन्छ भन्ने लोकविश्वास छ।

११) कान लामा हुनू शुभ हुन्छ भन्ने लोकविश्वास छ।

स्वर्ग-नर्क तथा पाप-पूण्यसम्बन्धी लोकविश्वाससम्पादन

१) गाउँ नजीकमा बर-पीपल लगाउनू र त्यस वरपरि चौतारो बनाई ती जोडीको विवाह गरिदिएमा पूण्य मिल्छ र मृत्युपछि स्वर्ग गइन्छ भन्ने लोकविश्वास छ।

२) मार्गको ठाउँ ठाउँमा पाटीपौवा तथा धर्मशाला निर्माण गरिदिएमा पूण्य मिल्छ भन्ने लोकविश्वास छ।

३) यस जुनीमा गरीब-दुःखीहरूलाई सहयोग गरी सेवा गरेमा पूण्य प्राप्तभई अर्को जुनीमा सुख-संमृद्धि प्राप्त हुन्छ भन्ने लोकविश्वास छ।

४) यस जुनीमा सत्यनारायणको पूजा, लक्ष्यवर्तिका, सप्ताह, कोटीहोम जस्ता यज्ञयज्ञादी लगाई दान गरेमा पूण्य प्राप्त हुन्छ भन्ने लोकविश्वास छ।

५) हिन्दू लोकजीवनमा गङ्गाको नाम स्मरण गरेमा, गङ्गाको पूजा गरेमा, गंगा स्नान गरेमा मुक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ। मृत्यु शैयामा मानिसको मुखमा गङ्गाजल र तुलसी हालिदिएमा उसको सद्गति हुन्छ भन्ने लोकविश्वास छ।

६) तिहार पर्वमा दिदीबहिनीहरूले दाजूभाइलाई टीका लगाउनू अघि सङ्घारमा ओखर फुटाउँदा दाजुभाइका शत्रुहरू नष्ट हुन्छन् भन्ने लोकविश्वास छ।

७) भारतमा-माघ महिनाभरि यमुना नदीमा स्नान गरेमा पूण्य प्राप्त हुन्छ भन्ने लोकविश्वास छ। -उपाध्याय, १९८८इः६३)।

८) कुश ज्यादै पवित्र वनस्पति मानिन्छ, कुशमा भूतप्रेत भगाउने शक्ति छ भन्ने लोकविश्वास छ।

९) उत्तरी अमेरिकामा बस्ने भारतीय किओवा जातिका मानिसहरूले साधारण औषधि उपचार गर्ने व्यक्तिहरू मृत्युपछि उल्लूको रूपमा जन्म लिन्छन् भन्ने विश्वास गर्दछन् -उपाध्याय, १९८८इः १०७)।

टुना, मोहनी-मन्त्र, देवता, राक्षस, डाइनी-बोक्सी, भूतप्रेत, धामी-झाँक्री, किचकन्नीसम्बन्धी लोकविश्वाससम्पादन

१) खाउँखाउँ लाउँलाउँको उमेरमा मरेका महिलाहरू सिधेनी -किचकन्नी) हुने र यस्ता किचकन्नीहरूका पाइतला पछाडि फर्केका तथा यिनका स्तनहरू ठूला र लामा हुने हुँदा स्तन काँध पछाडि राखेर हिँड्छन् भन्ने लोकविश्वास छ। पश्चिममा किचकन्नीहरूका दुईभागमा ˆयाकिएका -ऋयिखभल ँभभत) पाइतला हुन्छन् भन्ने लोकविश्वास छ।

२) रुख सुकेकालाई बोक्सेरो सिक्नेले पहिलो पटक आफ्नो बोक्सेरो विद्या प्रयोग गरेको ठानिन्छ।

यसरी सुकेको रुख पुनः पलाएमा बोक्सेरो विद्या सफल भएको र सुकेकोसुक्यै भएमा बोक्सीले पूरै विद्या सिक्न नसकेको भन्ने लोकविश्वास छ।

३) पश्चिममा सर्पको काँचुली, चौंरी गाईको पुच्छर, कुकुरको जिभ्रो, बिरालोको आँखा, छेपारोको पुच्छर, भेंडाको दाँत, बाँदरको कलेजो, बोकाको दाह्री तथा मानिसको बच्चाको रगत आदिलाई प्रेतात्मा आव्हान गरी ब्यूँझाउन सक्ने सामग्री हुन् भन्ने लोकविश्वास छ -शेक्सपियरको म्याकबेथ)। पूर्वमा पनि भूतप्रेत ब्यूँझाउने कार्यमा यस्तै सामग्री प्रयोग गर्ने गरिन्छ।

४) थारु जातिमा सानो बच्चालाई कतै लग्दा उसको हातमा सानो हँसिया दिने प्रचलन छ, यसो गरेमा बच्चालाई भूतप्रेतले बाधा पार्न नसक्ने लोकविश्वास छ।

५) राती सुत्दा कर्द, खुकुरी, हँसिया आदि फलामे औजार, कुकुर डाइनाको लौरो तथा धार्मिक ग्रन्थ सिरानमा राखेर सुतेमा ऐंठन नपर्ने र डाइनी-बोक्सी आदिले छल्ने, दुःख दिन नसक्ने लोकविश्वास छ -सुवेदी, २०५५ः१७८)।

६) रात्रीको समयमा कतै बाहिर हिँड्नुपर्दा मन्त्रेको रायो सरसेउँ, खरानी तथा साथमा मएँर बाँसको लौरो र अग्निजन्य बस्तु राखेमा डाइनी, बोक्सी, भूत-प्रेत, मसान, चुरेनी आदिने छल्न नसक्ने लोकविश्वास छ।

७) मसानघाटमा मुर्दा जलाएर र्फकँदा बाटोमा काँढाको झ्याङले छेक्ने चलन छ। यसो गरेमा मलामीको पछिपछि मसानघाटका भूतप्रेत आउन सक्दैनन् भन्ने लोकविश्वास छ -सुवेदी, २०५५ः१७८)।

८) भोजपुरी प्रदेशमा बाँसघारीमा चुडेलले निवास गर्छन् भन्ने लोकविश्वास छ -उपाध्याय, १९८८इः७५)।

९) तलको मन्त्र सातपटक जपेर मर्केको ठाउँमा कर्द स्याईँले ठोक्दै काँचो काठमा फुकेर झार्‍यो भने सड्के मर्केको सन्च हुन्छ भन्ने लोकविश्वास छ-

लोहार्नी, लोहार्नी कहाँ जान्छ्यौ ?, गोल काट्न, के गर्ने गो ? , सड्क्यो, मक्र्‍यो झारी, काटी, सात समुन्द्र बहाई फाल्ने।

१०) पिनासको कथा तीनपटक भनेर खरानी फुकेमा पिनास सन्च हुन्छ भन्ने लोकविश्वास छ। -आचार्य, २०६३ः५५१-५५२)।

यस अन्तर्गत अनेक प्रकारका मारण, मोहन र उच्चाटनसम्बन्धी तन्त्रमन्त्र उल्लेख गर्न सकिन्छ।

शकुन-अपशकुनसम्बन्धी लोकविश्वाससम्पादन

१) यात्रा आरम्भका बेला निःसन्तान महिला देखिएमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ।

२) यात्रा आरम्भमा दहीको ठेकी, हरियो सागको मुठो तथा जलले भरिएको घडा भेटिएमा शुभ हुन्छ भन्ने लोकविश्वास छ।

३) कतै यात्रा गर्न लाग्दा बाटोमा बाहुन, दमाई जातिका मानिस भेटिएमा शुभ मानिन्छ।

कल्याण-अकल्याणसम्बन्धी लोकविश्वाससम्पादन

१) दाङको थारु समुदायमा प्रचलित महाभारतको युद्ध अभिनयको रूपमा नाचिने बर्कानाच सम्पादन गरिएको वर्ष खेतीपाती राम्रो हुने र त्यस क्षेत्रमा शान्ति-संमृद्धि छाउने लोकविश्वास छ।

२) बच्चा जन्मेको छैठौं दिन रात्रीमा नवजात बालकको सिरानमा कापी, कलम, मसी, राखिदिने चलन छ। राप्ती अञ्चलतिर यस दिन रात्रीमा बालकको भाग्य लेख्ने भावी आउँछन् भन्ने लोकविश्वास छ।

३) रसियामा नयाँ वर्षको पहिलो दिनलाई भाग्य हेर्ने दिनको रूपमा मनाइन्छ। यस दिन बिहानै युवतीहरू एउटा स्थानमा भेलाभई एउटा पानीले भरेको बाल्टिनमा आ-आफ्ना औंठी आदि सामान खसाल्छन्, हल्लाउँछन् र गीत गाउँछन्। बाल्टिन हल्लाउँदा जसको बस्तु माथि आउँछ उसको भाग्य राम्रो रहेको र बस्तु माथि नआउनेको भाग्य नराम्रो भएको विश्वास गरिन्छ।

४) रुसमा सिमिक र त्रोइत्सा नामका भाग्य हेर्ने पर्वमा युवतीहरू जंगलमा गई एकएक वटा विरोजा नामका रुख रोजेर रुखमा सानो घाउ खोपी घाउमा रेशमी कपडा बेरेर र्फकन्छन्। निश्चित दिनपछि गई रेशमी कपडा फुकालेर हेर्दा जसको रुखमा खोपेको ठाउँमा पालुवा लागेको छ उसको छिट्टै विवाह हुने र जसको रुखमा पालुवा लागेको छैन उसको अझै विवाह नहुने विश्वास गरिन्छ -शुक्ल, १९७६इः ६९)।

५) जिसस क्राइस्ट मृत्युदण्डपछि ब्यँुतेको दिनलाई 'इस्टर' पर्वका रूपमा मनाइन्छ। रोमानियाँमा यस अवसरमा नाचगान गर्ने चलन छ। यस अवसरमा नाचगान गर्नाले खेतीपाती राम्रो हुने, उत्पादन बढ्ने र बिरामी परिँदैन भन्ने लोकविश्वास छ -जान लिङ, १९९७इः ७०)।

६) दिउँसोमा कथा सुन्ने-सुनाउने गरेमा छोराछोरी लाटा लठेबरा जन्मन्छन् भन्ने लोकविश्वास छ।

७) अवधि भाषी यादव समुदायमा-गुरू मुख भएका -गुरू भएका) पुरुषहरूले विहीवारको दिन दाह्री-कपाल गर्न हुँदैन। त्यसो गरेमा गुरूलाई अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।

८) अवधि भाषी यादव समुदायमा-एउटा मात्रै पुत्र भएका पुरुषहरूले सोमबार कपाल काट्न हुँदैन, कपाल काटेमा पुत्रलाई अनिष्ट हुन्छ भन्ने विश्वास छ।

भविष्य सूचनासम्बन्धी लोकविश्वाससम्पादन

१) तालचरा उत्तरबाट दक्षिणतिर उडेर गए भने हिँउद लागेको र अब वषरा हुँदेन भन्ने सूचनाका रूपमा लिने विश्वास छ।

२) बलिरहेको आगो भर्भराएमा वा हातको भाँडो खसेमा कुनै अतिथि घरमा आउँदैछ भन्ने लोकविश्वास छ।

३) कमीला बाटोमा ताँती लागेर हिँडेमा निकट भविष्यमा पानी पर्दछ भन्ने लोकविश्वास छ।

स्वप्नसम्बन्धी लोकविश्वाससम्पादन

१) सपनामा हरियो घाँस काटेमा निकट भविष्यमा रूपैया-पैसा प्राप्त हुन्छ भन्ने लोकविश्वास छ।

२) सपनामा खोलो तरेको देखेमा वा उकालो उक्लेको देखेमा कार्यमा सफलता मिल्छ भन्ने लोकविश्वास छ।

३)सपनामा दही खाएको देखिएमा प्रगति हुने र सपनामा भात-मासु खाएमा अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।

४) स्वप्नमा आगो लागेको देखेमा द्वन्द हुन्छ भन्ने लोकविश्वास छ।

५) सपनामा रुख ढलेको वा उखेलिएको देखिएमा गाउँघरमा कसैको मृत्यु हुने वा अनिष्ट हुन्छ भन्ने विश्वास छ।

६) धिमाल जातिमा, सपनामा कपालमा लाउने फूल देखेमा आफ्नै श्रीमती गर्भवती भएको विश्वास गरिन्छ -दिवस, २०३९ः२३०)।

७) सपनामा गाई अथवा बाच्छाबाच्छी देखियो भने त्यो ज्यादै शुभ हुन्छ भन्ने लोकविश्वास छ -उपाध्याय, १९८८इः८९)।

८) सपनामा मृत व्यक्तिलाई देख्नु शुभ हुन्छ भने सन्यासीलाई देख्नु अशुभ मानिन्छ -पूर्ववत् ः१४२)। ९) सपनामा दाँत झरेको, नाक-कान काटिएको तथा घर जलेको देखेमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ -पूर्ववत्)।

१०) इङ्गलैण्डमा सपनामा रगत देख्नुलाई परिवारको कुनै सदस्यको मृत्युको सूचना मानिन्छ।

११) दक्षिण अपि|mकामा सपनामा विवाह भएको देख्नुलाई मृत्युको सूचनाको रूपमा लिने लोकविश्वास छ। १२) अष्ट्रेलियामा सपनामा उल्लू देख्नुलाई शत्रुद्वारा आक्रमण हुने सूचनाको रूपमा लिने विश्वास छ।

१३) अमेरिकामा सपनामा कुनै शव वा रक्तपात देखेमा भयङ्कर दुर्भाग्य भोग्नु पर्छ भन्ने विश्वास छ।

१४) इटलीमा सपनामा सेतो बादल देखेमा शुभ हुने र कालो बादल देखेमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ

-उपाध्याय, १९८८इः १४४)।

अन्यसम्पादन

१) मेघ गर्जनका साथ असिना पानी परिरहेको छ भने आँगनमा बन्चरो ठाडो पारिदिएमा वषरात बन्द हुन्छ भन्ने लोकविश्वास छ।

२) हिँड्दा ठेस लागेमा कसैले गाली गरेको हो भन्ने लोकविश्वास छ।

४) निष्कर्ष : 'लोकविश्वास' लोकजीवनले लामो अनुभवबाट आर्जित ज्ञान हो। यो स्थान, समय र संस्कृतिको आधारमा फरक हुन्छ। कुनैकुनै विषयमा भने जतासुकै समानता पाइन्छ। लोकविश्वासका विषयहरूमध्ये धेरैजसो वैज्ञानिक कसीमा राखे पनि ठीक सावित हुने किसिमका देखिन्छन् भने केही विषयहरू युगका अन्तरालले असामयिक लाग्छन्। लोकविश्वासको जन्ममा प्रकृति र मानव मनको सहकार्य देखिन्छ। मानव सभ्यताको आरम्भिक कालदेखि नै यस्ता विश्वासहरू जन्मन थालेका हुन् भने २१ औँ शताब्दीमा पनि ती विश्वासहरूले स्थान लिइरहेका छन्। अतः लोकविश्वास मानव बुद्धि र तर्कभन्दा पनि हृदय र अनुभूतिसँग नजिकछन् त्यसैले निरन्तर प्रचलनमा रहिआएका छन्।

[१] केही प्रचलित लोकविश्वासहरू

सन्दर्भग्रन्थ सूचीसम्पादन

  • उपाध्याय, डा. कृष्णदेव -१९८८इ.), लोकसंस्कृति की रूपरेखा, लोकभारती प्रकाशन, इलाहावाद।-१९९०), हिन्दी प्रदेशके लोकगीत, साहित्य भवन, इलाहावाद।
  • आचार्य, डा. गोविन्द -२०६२), लोकगीतको विश्लेषण, पैरवी प्रकाशन, काठमाडौँ।-२०६३), राप्ती लोकसाहित्य, पैरवी प्रकाशन, काठमाडौँ।
  • दिवस, तुलसी -२०३९), धिमाल लोकधर्म र संस्कृति, ने.रा.प्र.प्र.।
  • बुढा, बमकुमारी -२०५८), मैन्यारी र स्वाङे : दुर्लभ संस्कृति, कोञ्जा-मारुम, वर्ष ३, अङ्क १०, नेपाल मगर सङ्घ, काठमाडौँ।
  • शुक्ल, केशरी नारायण -१९७६इ.), रुसी लोकसाहित्य, हिन्दी समिति, लखनउ।
  • शेक्सपियर, म्याकबेथ
  • सुवेदी, हंसपरे -२०५५), नेपाली लोकजीवन : लोकविश्वास, साझा प्रकाशन, काठमाडौँ।
  • त्रिपाठी, विक्रमणि -२०६२), अवधि लोकसाहित्यमा खगोलीय वर्णन, प्रस्तुत कार्यपत्र, ने.रा.प्र.प्र.।