लुम्बिनी कपिलवस्तु दिवस अभियान

लुम्बिनि कपिलवस्तु दिवस विश्व अभियान

यो अभियान शान्तिका प्रतिमूर्ति गौतम बुद्धको जन्मस्थल बारेको विश्वव्यापी भ्रमलाई चिर्दै बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सही जानकारी दिन संगठित एउटा विश्वव्यापी अभियान हो । यो अभियान संसारभर हरेक वर्ष १ डिसेम्बरमा मनाइन्छ । त्यो दिन हो जहिले जर्मन पुरातत्वबिद अन्टोन फुहरर (Anton Führer) ले कपिलवस्तुमा १८९६ मा पत्ता लागेको अशोक स्तम्भको ब्रह्मिलिपिमा गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सम्प्रेषित प्रमाणिक अंशलाई अन्तरराष्ट्रिय जगतसामू अर्थ्याएका थिए । त्यसै राष्ट्रिय सुयोगको दिनलाई देशविदेशका नेपाली राष्ट्रियताप्रेमीहरूले २००९ देखि दिवसको रूपमा मनाउन लागेका हुन् । प्रारम्भमा यसको नाम कपिलवस्तु दिवस अभियान भनिएको थियो । तेस्रो दिवस (१ डिसेम्बर २०११) देखि यसलाई लुम्बिनि कपिलवस्तु दिवस अभियान भनी पुन: नामाकरण गरिएको छ । यस अभियानको संजालमा विश्वस्तरदेखि अलग अलग क्षेत्रीय स्तरको समिती गठन हुँदै १९ वटा देशहरूमा राष्ट्रिय स्तरको समिती गठन भएको छ । नेपालमा नवलपरासी, कपिलवस्तु र रुपन्देहीको संयुक्त सर्किटस्तरको समिती गठन भएको छ । कपिलवस्तु र रुपन्देहिको अलग अलग जिल्ला समिती गठन भएको छ र स्थानियस्तरमा कपिलवस्तु नगर, लुम्बिनी गाविस र देवदह गाविसमा पनि अलग अलग समिति गठन भएको छ ।

विश्व कार्यसमिती : संयोजक : रामकुमार श्रेष्ठ (वेलायत), सदस्यहरू : अबि शर्मा, संयोजक (क्यानडा), बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड), भानु पौड्याल, संयोजक (क्यानडा), बिनय शाह, संयोजक (हङकङ), चन्द्र राई, संयोजक (क्यानडा), डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान), हरि नेपाली, संयोजक (कतार), लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल) लक्ष्मण पुरी, संयोजक (नेपाल), लक्ष्मी सिंखडा, संयोजक (अमेरिका),ओम गुरुङ, संयोजक (जापान), राज श्रेष्ठ, संयोजक (नेपाल),रामहरि श्रेष्ठ, संयोजक (वेलायत), सन्तोष न्यौपाने, संयोजक (बेल्जियम), सानु घिमिरे, संयोजक (अस्ट्रेलिया), शैलेश श्रेष्ठ, संयोजक (अमेरिका), शम्भु कट्टेल, संयोजक (अमेरिका), र सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया) छन ।

क्षेत्रीय सेक्रेटरियट  : संयोजक : रामकुमार श्रेष्ठ विश्व संयोजक सदस्यहरू : बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरू हेर्ने), हरी नेपाली (मध्यपूर्बका देशहरू हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरू हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई/अबि शर्मा (क्यानडा हेर्ने), र युरोप क्षेत्र संयोजक डा. मधु माधुर्य रहनु भएको छ ।


विश्व सल्लाहकार समिति : डा. ऋषि अधिकारी, एनेकपा माओवादीका तर्फबाट, डा. आरजु देउबा राणा, नेकाका तर्फबाट,राजेन्द्र श्रेष्ठ, एमालेका तर्फबाट, डा कविताराम श्रेष्ठ बुद्धिजीबिका तर्फबाट, आनी छोयंग डोल्मा धार्मिक संस्थाको तर्फबाट, दीपक खडका उद्योग ब्याबसायीका तर्फबाट, Agni Frank Eickermann (अमेरिका) विश्व समुदायबाट, Domo Geshe Rinpoche (अमेरिका) विश्व समुदायबाट,र पदेन सल्लाहकारहरू : कपिलबस्तुका सांसदहरु र लुम्बिनी विकास कोषका प्रमुख

सार्क सल्लाहकार : केदार शाक्य, युरोप क्षेत्र सल्लाहकार : दामोदरप्रसाद आचार्य


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्