लुकास पोडोलस्की

जर्मन फुटबल खेलाडी

लुकास 'जोसेफ' पोडोल्स्की (जर्मनेली उच्चारण: [ˈluːkas poˈdɔlski] वा IPA: [ˈwukaʂ poˈdɔlski] जन्म:४ जुन १९८५) जर्मन फुटबलर हुन् जो टर्कीस क्लब गालातासराय र जर्मनी राष्ट्रिय फुटबल टोलीबाट फरवार्डको रूपमा खेल्दछन् । उनी २०१५ जनवरीमा इङ्ग्लीस क्लब आर्सनलबाट ऋणमा इन्टर मिलान प्रवेश गरेका थिए भने २०१५ सम्मर ट्रान्सफर विन्डो खुल्नासाथ उनी टर्कीस क्लब गालातासरायमा ट्रान्सफर गरिएका थिए । उनी विशेष गरी आफ्नो बायाँ खुट्टाले बायाँ दिशाबाट गर्ने सशक्त प्रहारका कारण चिनिन्छन् । एफसी कोल्नबाट २००३ मा सिनियर क्लब करियर सुरू गरेका उनले बायर्न म्युनिखमा स्थानान्तरण हुनु अघि ८१ क्याप जितेका थिए । २००९ मा एफसी कोल्नमा फर्कनुअघि उनले बायर्नलाई २००८ को बुन्डेसलिगा उपाधि जिताएका थिए । २०१२ मा उनले प्रिमियर लिग क्लब आर्सनलका लागि खेल्ने निर्णय गरे जसलाई २०१४ को एफए कप जिताउन उनी सफल भए । पोल्याण्डमा जन्मिएका पोडोल्स्कीले २००४ मा जर्मन टोलीबाट फुटबल जीवन सुरू गरे र त्यसयता उनले जर्मन राष्ट्रिय फुटबल टोलीबाट ६ वटा प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्, जसमा २०१४ को फिफा विश्वकप विजय पनि समावेश छ ।

लुकास पोडोल्स्की
२०१४ मा लुकास पोडोल्स्की
व्यक्तिगत जानकारी
पुरा नाम लुकास जोसेफ पोडोल्स्की[]
उचाइ १.८२ मी (६ फिट ० इन्च)[]
खेल्ने स्थान(हरू) अग्रपंक्ति[]
क्लब जानकारी
वर्तमान टोली
गालातासराय
सङ्ख्या ११
युवा करियर
१९९१–१९९५ एफसी ०७ बेगहिम
१९९५–२००३ १. एफसी कोल्न
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३ १. एफसी कोल्न II (०)
२००३-२००६ १. एफसी कोल्न ८१ (४६)
२००६–२००९ बायर्न म्युनिख ७१ (१५)
२००७–२००८ बायर्न म्युनिख II (०)
२००९–२०१२ १. एफसी कोल्न ८८ (३३)
२०१२–२०१५ आर्सनल ६० (१९)
२०१५इन्टर मिलान (ऋण) १७ (१)
२०१५- गालातासराय ३४ (१५)
अन्तर्राष्ट्रिय करियर
२००१-२००२ जर्मनी यू-१७ (२)
२००२–२००३ जर्मनी यू-१८ (४)
२००३ जर्मनी यू-१९ (६)
२००४ जर्मनी यू-२१ (०)
२००४–२०१६ जर्मनी १२९ (४८)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १२ सेप्टेम्बर २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ सेप्टेम्बर २०१५
कोल्न
बायर्न म्युनिख[]
आर्सनल[]
गालातासारे

अन्तर्राष्ट्रिय

सम्पादन गर्नुहोस्
जर्मनी[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "List of Players" (PDF), FIFA, अन्तिम पहुँच ८ नोभेम्बर २०१० 
  2. "Player Profile: Lukas Podolski", Premier League, अन्तिम पहुँच ३१ जुलाई २०१२  वेब्याक मेसिन अभिलेखिकरण १३ जनवरी २०१४ मिति
  3. "Lukas Podolski", Arsenal Football Club, अन्तिम पहुँच २० अगस्ट २०१२ 
  4. ४.० ४.१ ४.२ ४.३ "L. Podolski", Soccerway, अन्तिम पहुँच २ सेप्टेम्बर २०१४ 
  5. "DFB-Elf erhält Silbernes Lorbeerblatt", Rheinische Post (Germanमा), अन्तिम पहुँच १९ डिसेम्बर २०१० 
  6. "Silbernes Lorbeerblatt für Schweinsteiger und Co." (जर्मनेलीमा), stuttgarter-nachrichten.de, १० नोभेम्बर २०१४, अन्तिम पहुँच ७ जनवरी २०१५ 
  7. "Spain dominate Team of the Tournament", UEFA, ३० जुन २००८, अन्तिम पहुँच ३० जुन २००८ 
  8. , Arsenal F.C., २९ अप्रिल २०१४ http://www.arsenal.com/news/news-archive/20140429/podolski-is-arsenal-player-of-the-month, अन्तिम पहुँच २९ अप्रिल २०१४  |title= रितो (सहायता)

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
Awards
पूर्वाधिकारी जीलेट उत्कृष्ट युवा खेलाडी
२००६
पछिल्लो
थोमस मुलर
पूर्वाधिकारी यूइएफए यूरो सिल्भर बुट
२००८
पछिल्लो
Incumbent