लिम्बुवान मुक्ति मोर्चा नेपाल

लिम्बुवान मुक्ति मोर्चा नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष रामभक्त कुरुवाङ लिम्बु हुन् । लिम्बुवान मुक्ति मोर्चा नेपालको केन्द्रीय कार्यालय सुनसरी जिल्लाको इटहरीमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह कोट थियो।[१] लिम्बुवान मुक्ति मोर्चा नेपालले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ७४१ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,८४४ मत प्राप्त गरेको थियो ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०