लिम्बुवान मुक्ति मोर्चा

लिम्बुवान मुक्ति मोर्चा नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष वीरमान नेम्वाङ हुन्। लिम्बुवान मुक्ति मोर्चाको केन्द्रीय कार्यालय झापा जिल्लाको दमकचोकमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह घण्टाघर थियो।[१] लिम्बुवान मुक्ति मोर्चाले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ३९८ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,७४८ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०