लाखाई (बङ्गाली: লাখাই) बङ्गलादेशको हबिगञ्ज जिल्लाको एक उपजिल्ला हो।[] यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[]

लाखाई
লাখাই
लाखाई is located in बङ्गलादेश
लाखाई
लाखाई
बाङ्लादेशको नक्शामा लाखाई उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°१७.३′उ॰ ९१°१३′पू॰ / २४.२८८३°N ९१.२१७°E / 24.2883; 91.217निर्देशाङ्कहरू: २४°१७.३′उ॰ ९१°१३′पू॰ / २४.२८८३°N ९१.२१७°E / 24.2883; 91.217
देश बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लाहबिगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा१९६.५६ किमी (७५.८९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा११०,३१९
 • घनत्व५६०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटलाखाई उपजिल्लाको आधिकारिक नक्शा

लाखाई उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°१३' देखि २४°२३' उत्तर अक्षांश र ९१°१०' देखि ९१°२१' पूर्वी देशान्तरणमा अवस्थित छ। लाखाई उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९६.५६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई अष्टग्रामबानियाचङ उपजिल्लाले उत्तर, नासिरनगर उपजिल्लाले दक्षिण, हबिगञ्ज सदर, माधवपुरनासिरनगर उपजिल्लाले पूर्व, कमलगञ्जअष्टग्राम उपजिल्लाले पश्चिमबाट घेरेको छ। बराक, कुलकुलिया, सुताङ, घाडभाङ्गा बिल, जुलफा बिल, बराक बिल, रबियाबगोना बिल, दशकानिया बिल र झुलजाहा नगर आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १२०६७७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५९०२१ छ भने महिलाको जनसङ्ख्या ६१६५६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०१५७५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १९०३४ छ। र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६९ रहेको छ। यस उपजिल्लामा मणिपुरी र खासिया जनजातिहरू बसोबास गर्छन्।[] यस उपजिल्लामा ११० मस्जिद, ५ मन्दिर, ५ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ८९.९५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १.०५% ले पोखरी, ४.५७% ले टुटी र ४.४३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये ५.६९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, खरबुजा, कागती, भूइँकटहर, लिची, अम्बा, कटहर, नरिवल आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान, माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ५ माछापालन केन्द्र, ४० दुग्ध सङ्कलन केन्द्र तथा ८५ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६७.४१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ४.२७%, वाणिज्यमा १३.०५%, सञ्चार र यातायातमा ०.६०%, निर्माण क्षेत्रमा ०.४३%, सुविधामा ३.२४%, धार्मिक सेवामा ०.२९%, वैदेशिक रोजगारी तथा भाडामा ०.३३% र अन्यमा १०.३८% रहेका छन्।

प्रशासकीय लाखाई उपजिल्लाको स्थापना सन् १९२२ मा भएको थियो। यस उपजिल्लामा ६ सङ्घ परिषद्, ७० मौजा र ६३ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद् यस प्रकार छन्; लाखाई सङ्घ परिषद्, सोडाकरी सङ्घ परिषद्, मुडियाडक सङ्घ परिषद्, बामै सङ्घ परिषद्, कराब सङ्घ परिषद् र बुल्ला सङ्घ परिषद्।[]

यस जिल्लाको कुल साक्षरता दर २८.७५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३२.७९% छ भने महिलाको साक्षरता दर २५.०४%रहेको छ। यस उपजिल्लामा १ क्याम्पस, १० माध्यमिक विद्यालय, ५१ प्राथमिक विद्यालय, १ बाल उद्धान केन्द्र र १७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; लाखाई एसिआरसी उच्च विद्यालय (सन् १९४५), बाडिशाल कराब उच्च विद्यालय (सन् १०४७), बामै उच्च विद्यालय (सन् १९६१), कराब राहमानिया मदरसा, जिगुरा तोफा येलिया सिनियर मदरसा आदि।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "লাখাই উপজেলা", lakhai.habiganj.gov.bd, २०१९-०७-१३। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "लाखाई उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्