लप्सी (वैज्ञानिक नामः Choerospondias axillaris) नेपालको मध्य पहाडी क्ष्रेत्रमा पाईने फल र त्यसको रुख हो । लप्सीको बोट २०/३० मिटरसम्म अग्लो हुन सक्छ। हाम्रो देशमा प्राकृत रूपमा लप्सीको आफ्नै वन छैन। यो वृक्ष सामान्यतया चिलौने र कटुसको वनको आसपासमा फाट्टफुट्ट भेटिन्छ।

लप्सी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. axillaris
वैज्ञानिक नाम
Choerospondias axillaris
(Roxb.) B.L.Burtt & A.W.Hill

नेपालमा लप्सीको स्थितिसम्पादन

नेपालका वन-वर्णनहरूमा लप्सीका बारेमा छिटफुट मात्र उल्लेख हुने गरेको छ। यसको आर्थिक महत्त्व दिनप्रतिदिन बढ्दै गएको र सामुदायिक वनका दृष्टिले लाभप्रद भएकाले २९ पहाडी जिल्लाहरूमा यसको उपस्थिति रहेको छ। [१] काठमाडौँ उपत्यकाका पशुपति-गुह्येश्वरी, गोदावरी, फर्पिङ्ग, हात्तीवन, नागार्जुन, इचङ्गु आदि स्थानहरूमा पुराना सप्रेका बोटहरू पाइन्छन्।

वानस्पतिक स्वभावसम्पादन

लप्सीको वानस्पतिक स्वभाव पनि उत्तिकै रोचक छ। चाँप, गुराँस, सुन्तला वा अनारजस्ता फूल फुल्ने बिरुवामा पृथक् रूपमा भाले बोट र पोथी बोट भन्ने हुँदैन। फूल फुल्दा प्रत्येक फूलमा पुंकेशर र स्त्रीकेशर साथसाथै हुन्छ र हरेक रूखमा फल लाग्छ तर लप्सीमा त्यस्तो हुँदैन। भाले फूल फुल्ने वृक्षमा पोथी फूल फुल्दैन। त्यसैले रोपिएका बिरुवामध्ये फल लाग्ने र नलाग्ने वृक्ष बराबरी हुन्छन्। फूल नफुलेसम्म भाले र पोथी छुट्याउन सकिन्न। तसर्थ पोथी बिरुवा कलमी गरेका बेर्नाहरूले वृक्षरोपणमा प्राथमिकता पाउने गर्दछन् तर साँढे छाडा छोडेझैँ केही भाले वृक्ष पनि त्यहाँ नभई हुँदैन।

इतिहाससम्पादन

 
लप्सिको बिरुवा

परापूर्वकालदेखि वाल्मीकि रामायणमा समेत नेपालको श्लेषमान्तक वन (लप्सीको रूखले भरिएको)को उल्लेख छ। पश्चिमा वनस्पतिशास्त्रले भने लप्सी पत्ता लगाउने श्रेय कलकत्ता वनस्पति उद्यानका तत्कालीन सुपरिटेन्डेन्ट विलियम रोक्सवर्घलाई दिएको छ। जुनबेला नेपाली र अङ्ग्रेजी कम्पनी सरकार आपसमा युद्ध गर्दै थिए ,त्यही बेला सन् १८१४मा रोक्सवर्घ लप्सीको चित्राङ्कन गरिरहेका थिए। उनले नेपाली लप्सीलाई स्पोण्डियास एक्जिलारिस (spondium axillaries) भन्ने नाम सुझाए। नामकरण शुद्धाशुद्धि गर्ने सिलसिलामा आजभोलि ल्याटिन भाषाका आधारमा हाम्रो लप्सीलाई पूरै जिब्रो बटारिने गरी कोइरो स्पोण्डियास एक्जिलारिस (choerospondium axillaries)भन्नुपर्ने हुन्छ। नत्र अरू संसारले बुझ्दैन। लप्सीलाई बाह्य संसारसँग परिचित गराउन नेपाली हुलाक टिकटमालामा पनि यसलाई समावेश गरिएको छ।

चित्रसम्पादन

 
लप्सीको फेद
 
लप्सीको बिरुवा

स्रोतसम्पादन

  1. लप्सी विशेषज्ञ डा. कृष्णचन्द्र पौडेलको अनुभव