र्‍याकस्पेस इमेल एक आयोजक सेवा हो जसले व्यवसायको लागि उनीहरूको आफ्नै डोमेन नाम प्रयोग गरी भुक्तान गरिएको ई-डाँक खाताहरूको प्रदान गर्दछ। यसको वेबसाइट १२ वटा भाषाहरूमा उपलब्ध छ। कम्पनी र्‍याकस्पेस निगमको नियन्त्रणमा रहेको छ।

र्‍याकस्पेस इमेल
Rackspace Email
साइटको प्रकार
जालडाँक, हुलाक कार्यालय स्तर, अन्तरजाल सन्देश पहुँच स्तर
उपलब्ध भाषा१२ वटा भाषाहरू [१]
मालिकर्‍याकस्पेस, निगम
युआरएलwww.rackspace.com/email-hosting/webmail
व्यवसायिकहो
दर्ताआवश्यक
प्रयोगकर्ताहरू> ३० लाख[२]
चालु भएको मिति२००१; २३ वर्ष अघि (२००१)[३]
वर्तमान स्थितिचालू

इतिहास सम्पादन गर्नुहोस्

र्‍याक्सस्पेस ईमेल सेवा सन् २००१ मा निजी स्वामित्वमा रहेको कम्पनी, वेबमेल डट युएस मार्फत सुरु गरिएको थियो।[४] वेबमेल डट युएसलाई सन् २००७ मा र्‍याकस्पेसद्वारा अधिग्रहण गरिएको थियो।[५] सन् २००८ मा यसलाई पुनर्गठन गरिएको थियो र यसलाई मेलट्रष्ट र प्रवन्धित माइक्रोसफ्ट विनियम मञ्चमा थपिएको थियो।[६] सन् २००९ को मेमा, मेलट्रष्ट आधिकारिक रूपमा र्‍याकस्पेस ईमेल र अनुप्रयोगहरूको रूपमा परिचित भएको थियो।[७] सन् २०१४ मा ईडाँक र अनुप्रयोग विभाग र्‍याकस्पेस क्लाउड अफिसको रूपमा परिचित भएका थिए।[८]

विशेषता सम्पादन गर्नुहोस्

मानक सुविधाहरू सम्पादन गर्नुहोस्

र्‍याकस्पेस इमेलले निम्न लिखित सुविधाहरूको समावेश गर्दछ:

  • डाँक बाकस आकार: २५ गीगाबाइट[९]
  • ई-डाँक अनुलग्नक सीमा: २५ मेगाबाइट[१०]
  • समर्थित स्तरहरू: पिओवि३, आइएमएपि, एसएमटिपि[११]
  • आफ्नै डोमेन[१०]
  • पात्रो तथा सम्पर्कहरूको साझेदारी[१०]
  • वेबडाँक वार्ता[१०]
  • स्प्याम र भाइरसबाट सुरक्षा[१२]
  • सुरक्षित डाँक पहुँच र एसएलएल/टिएलएस/एचटिटिपिएस स्थानान्तरण [११]
  • इ-डाँक उपनाम तथा समूह सूची[११]
  • मेटाइएको डाँकको पुनर्प्राप्ती[१०]
  • खाता व्यवस्थापनका लागि नियन्त्रण कक्ष[१३]
  • प्रेषिक प्रमाणीकरण [१४]
  • विज्ञापन मुक्त [१]
  • नि:शुल्क इ-डाँक बसाइसराइ[१५]

अतिरिक्त र्‍याकस्पेस ईडाँक सम्पादन गर्नुहोस्

र्‍याकस्पेस ईमेल प्लस एक र्‍याकस्पेस इमेलले प्रदान गर्ने एक वैकल्पिक थप सेवा हो जसले निम्न अतिरिक्त क्षमताहरू प्रदान गर्दछ:

  • आइओएसएन्ड्रोइड उपकरणकामा एक्टिभ सिङ्कको प्रयोग गरी सम्पर्क र पात्रो समक्रमण

[१६]

  • फाइल भण्डारण र सामग्रीहरूको भण्डारण लागि ३० गिगाबाइटको भरपर्दो स्थान[१६]
  • अनलाइन कागजात सम्पादक

[१६]

  • फाइल साझेदारी र सहयोगी सम्पादन[१६]

र्‍याकस्पेस इमेल अभिलेख सम्पादन गर्नुहोस्

र्‍याकस्पेस ईमेल अभिलेखिकरण, र्‍याकस्पेस इमेलले प्रदान गर्ने एक वैकल्पिक थप सुविधा हो।[१७] यो असीमित भण्डारण र असीमित अवधारणाको साथ एक खाम समाचार पत्रमा आधारित छ जसले खोजी गर्न योग्य अभिलेखहरूको प्रदान गर्दछ।[१८]

उन्नत आयोजित विनियम सम्पादन गर्नुहोस्

र्‍याकस्पेस ईमेल समान डोमेन र्‍याकस्पेसमा आयोजना गरिएको विनियम मेल बाकसहरूसँगै कार्य गर्न सक्षम छ।[१९]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "र्‍याकस्पेसको जाल डाँकको अवलोकन", र्‍याकस्पेसको सहयोग पृष्ठ, र्‍याकस्पेस, अन्तिम पहुँच २७ जुन २०१८ 
  2. "Rackspace chooses Open-Xchange’s Dovecot Pro on Scality Object Storage for Rackspace Email Platform", अन्तिम पहुँच २६ जून २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०७ मिति
  3. "One Startup’s Long Road To A Rackspace Acquisition And Dramatic IPO", एक्जिक राउण्ड डटकम, एक्जिक राउण्ड, अन्तिम पहुँच २७ जून २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२७ मिति
  4. "One Startup’s Long Road To A Rackspace Acquisition And Dramatic IPO", एक्जिट राउण्ड डटकम, एक्जिट राउण्ड, अन्तिम पहुँच २७ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण २७ जुन २०१८ मिति
  5. "र्‍याकस्पेसले ईडाँक प्रदायक वेबमेल डट युएसलाई अधिग्रहण गरेको छ", बिजनेस वायर डटकम, बिजनेस वायर, अन्तिम पहुँच २७ जून २०१८ 
  6. "वेबमेल डट युएले ब्राण्ड नाम मेलट्रष्टमा परिवर्तन गरेको छ", पिआर वेब डटकम, पिआरवेब, अन्तिम पहुँच २७ जून २०१८ [dead link]
  7. "Goodbye Mailtrust, Hello Rackspace", हेण्डसेक२० डटकम, हेण्डसेक २.०, अन्तिम पहुँच २७ जून २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-२८ मिति
  8. "Rackspace Announces Cloud Office Suite for Improved Business Collaboration Backed by Fanatical Support", र्‍याक्स्पेस्को आधिकारिक ब्लग, र्‍याकस्पेस, अन्तिम पहुँच २७ जून २०१८ [dead link]
  9. "सन् २०१८ का उत्कृष्ट डाँक प्रदायकहरू", टेकरेडार डटकम, टेकरेडार, अन्तिम पहुँच २७ जून २०१८ 
  10. १०.० १०.१ १०.२ १०.३ १०.४ "र्‍याकस्पेस ईडाँकका विशेषताहरू", र्‍याकस्पेस डटकम, र्‍याकस्पेस, अन्तिम पहुँच २६ जून २०१८ 
  11. ११.० ११.१ ११.२ "Rackspace Email and Hosted Exchange settings", र्‍याकस्पेसको,सहयोग पृष्ठ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-२७ 
  12. "Multi-layered Email Spam Filtering | Rackspace", र्‍याकस्पेस होष्टिङ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-२७ 
  13. पृष्ठ "Rackspace Email REST API", र्‍याकस्पेस डटकम, र्‍याकस्पेर, अन्तिम पहुँच २६ जुन २०१८ [dead link]
  14. "Enable DKIM in the Cloud Office Control Panel", rackspace.com, र्‍याकस्पेस, अन्तिम पहुँच २६ जुन २०१८ 
  15. "Migration Services for Rackspace Hosted Email", र्‍याकस्पेस डटकम, र्‍याकस्पेस, अन्तिम पहुँच २६ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण २८ मार्च २०१९ मिति
  16. १६.० १६.१ १६.२ १६.३ "र्‍याकस्पेस ईडाँक अतिरिक्त", र्‍याक्स्पेस होष्टिङ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१३ मिति
  17. "Rackspace Email Archiving", rackspace.com, Rackspace, अन्तिम पहुँच २६ जुन २०१८ 
  18. "र्‍याकस्पेस ईडाँक अभिलेख", र्‍याकस्पेस डटकम, र्‍याकस्पेस, अन्तिम पहुँच २६ जून २०१८ 
  19. "उन्नत आयोजित विनियम", र्‍याकस्पेस डटकम, र्‍याकस्पेस, अन्तिम पहुँच २६ जुन २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्