भोजनालय
भोजनालय ग्राहकहरूलाई खानेकुरा वा पेयपदार्थ उपलब्ध गराउने वा पस्केर सेवा प्रदान गर्ने एक व्यापार व्यवसाय प्रकार हो । भोजनालयहरू अधिकांस बसेर भोजन गर्ने सुविधाका लागि भएता पनि कतिपयले घर लैजाने सेवा पनि दिन्छन । लैजाने ग्राहकलाइ बोक्न सहज हुँनेगरी पोको पारेर खाना दीइन्छ । बसेर खान नमिल्ने केवल लैजाने मात्र सेवा दिनेलाइ चाँही भोजनालय माँनिदैन । खानाको प्रकारको अाधारमा साकाहारी र मांसाहारी भोजनालय हुन्छन । स्थापनाको अाधारमा अतिरिक्त सेवा स्वरूपका भोजनालय,समान्य भोजनालय र विशिष्ट भोजनालय गरी तीन प्रकारका भोजनालय मान्न सकिन्छ । बासालय मा स्थापीत भोजनालय अतिरिक्त सेवाको रूपमा रहेका हुँन भने तुलनात्मक रुपमा मीतव्ययी र सामान्य वातावरणमा भोजन गराउँने भोजनालय सामान्य भोजनालय हुन । त्यस्तै विशेष खाना प्रकारका साथै विशिष्ट सेवा र वातावरण भएका भोजनालयलाइ विशिष्ट भोजनालय मानिन्छ जुन सामान्य भोजनालय भन्दा उच्च स्तरीय सेवा हुँने र बढी खर्चिला हुँन्छन । पेय सेवाको अाधारमा मदिरा पान सुविधा भएका र नभएका गरी दुइ प्रकारका भोजनालय हुन्छन । मदिरा बेच्ने वा पीउन मील्ने इजाजत प्राप्त भोजनालयमा खाना सँगै मदिरा पान गर्न सकिन्छ र तिनमा मदिराशाला वा पेयशाला पनि हुँने गर्दछ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्