सन् १९१४-१८को महायुद्ध हुनुभन्दा पहिले सोभियत रुस राजनीतिक तथा आर्थिक दृष्टिकोणबाट पिछडिएको थियो। त्यसवेलामा जार सम्राटहरूले राजकाज चलाउँदथे। जार सम्राटले असीमित शक्ति तथा अधिकार प्राप्त गर्दथे। जार निरंकुश स्वेच्छाचारी शासकका प्रतीक थिए। त्यसपछि जार अलेक्जान्डरले देशको शासनमा सुधार गर्ने प्रयास गरेका थिए। सन् १८६१मा तत्कालीन रुसका राजाले श्रमजीवी दासहरूलाई स्वतन्त्र गरिदिए। सन् १९०५मा रुसी घोषणापत्रअन्तर्गत रुसी जनतालाई निरंकुश नजरबन्दीबाट छुटकारा प्राप्त भयो। सन् १९८६मा डयुमाको प्रथम अधिवेशन सुरु भयो, तर यो पछि विघटन भयो। त्यसपछि सन् १९०५ देखि १९१७ भित्रमा रुसी जनतामा जनजागृति तथा जनकल्याणकारिताको प्रादुर्भाव भयो। यसरी राष्ट्रिय प्रयत्न तथा जागृतिको कारणले जनसंस्था अझ बढी शक्तिशाली भए। यसपछि सन् १९१७को बोल्सेविक क्रान्तिपछि राज्यसत्ता जनताको हातमा निहीत रहेको थियो। सन् १९१७को मार्च महिनामा अखिल रुसी कंग्रेसको अधिवेशन भयो। जसमा समाजवादी सङ्घात्मक सोभियत गणराज्य स्थापना गर्नका निमित्त एक संविधानको मस्यौदा तयार गर्ने विषयमा छलफल गरियो। सन् १९३५मा ३९ जना सदस्य सम्मिलित भएको एक समितिको गठन गरियो, जसको सभापति स्टालिन थिए। सन् १९३६मा नयाँ संविधानको मस्यौदा तयार गरेर जनमत लिने कार्य सु-सम्पन्न भयो।[]