राष्ट्रिय सूचना आयोग सूचनाको हक सम्बन्धि ऐन २०६४ अन्तरगत बनेको एक स्वायत्त सङ्गठन हो। सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने तथा सभामुख अध्यक्ष, सूचना तथा सञ्चार मन्त्री सदस्य र नेपाल पत्रकार महासङ्घका सभापति सदस्य भएको सिफारिस समितिले प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिको लागि सिफारिस गर्ने तथा नेपाल सरकारले प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको हुन्छ । प्रमुख सूचना आयुक्त पुनः नियुक्त हुन सक्दैन ।

सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्

राष्ट्रिय सूचना आयोग
नयाँ बानेश्वर, थापागाउँ, सीडीओ टोल, बुलबुले मार्ग
काठमाडौँ , नेपाल
फोन: ४४६१६१२, ४४६४८६२
इमेल: nicnepal@wlink.com.np

आधिकारीक वेबसाईट सम्पादन गर्नुहोस्

www.nic.gov.np