राष्ट्रिय सहकारी महासङ्घ (नेपाल) नेपालका सहकारी संघसंस्थाहरूको छाता सङ्गठन हो। सहकारी ऐन २०४८ अनुसार यसको स्थापना २०५० असार ६ गते भएको थियो।

राष्ट्रिय सहकारी महासङ्घ (नेपाल)
व्यवसाय प्रकार
सहकारी महासङ्घ
स्थापित२० जुन १९९३ (20 June 1993)
केन्द्रीय कार्यालय
पुल्चोक, ललितपुर
,
सेवा क्षेत्र
नेपाल राज्यभर
मुख्य व्यक्ति
मीनराज कँडेल, अध्यक्ष
सदस्यहरू३२१ सहकारी संस्थाहरू
वेबसाइटराष्ट्रिय सहकारी महासंघको आधिकारिक वेवसाइट

महासंघमा हाल देशभरका ३२१ विषयगत सहकारी संघहरू तथा जिल्ला सहकारी संघहरू सदस्य रहेका छन्। त्यसैगरी १२ वटा कर्पोरेट सदस्यहरू पनि छन्। [१] ती विषयगत सङ्घ तथा जिल्ला सहकारी सङ्घ हरू मार्फत तिनमा आबद्ध रहेका देशभरका ३४,५१२ सहकारी संस्थाहरू पनि यस महासंघमा आबद्ध रहेका छन्। [२] महासंघको अध्यक्ष केशव बडाल रहेका छन्।

राष्ट्रिय सहकारी महासंघले २०५४ सालदेखि अन्तरराष्ट्रिय सहकारी गठबन्धन (International Cooperative Alliance) को सदस्यता हासिल गरेको छ।

सम्बन्धित लेखहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राष्ट्रिय सहकारी महासंघका सदस्यहरू", राष्ट्रिय सहकारी महासंघको आधिकारिक वेवसाइट, राष्ट्रिय सहकारी महासङ्घ, अन्तिम पहुँच १ जुलाई २०१८ 
  2. "देशभरका सहकारी संघसंस्था हरूको तथ्याङ्क", नेपाल सरकार सहकारी विभाग।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१८ मिति

बाह्य सूत्र सम्पादन गर्नुहोस्