राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (नेपाल)

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (नेपाल) प्राकृतिक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी केन्द्रीय स्रोत निकायको रूपमा कार्य गर्न स्थापित नेपाल सरकारको एक निकाय हो । यसको कार्यालय सिंहदरबार, काठमाडौँमा रहेको छ । यसको स्थापना २०७६ कात्तिक २९ गते भएको हो ।[१] यसको नेतृत्व कार्यकारी प्रमुखले गर्छन् । हाल अनिल पोखरेल कार्यकारी प्रमुख छन् ।

संर‍‍चना सम्पादन गर्नुहोस्

काम, कर्तव्य र अधिकार‍‍ सम्पादन गर्नुहोस्

  1. परिषद् तथा कार्यकारी समितिबाट स्वीकृत योजना, कार्यक्रम तथा निर्णय कार्यान्वय,
  2. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी केन्द्रीय स्रोत निकायको रूपमा,
  3. नदी नियन्त्रण, बाढी, पहिरो, भकूम्प, भू-मण्डलीय तापमान वृद्धि, जलवायु परिवर्तन, भू-उपयोग र विभिन्न प्रकोप तथा विपद्का सम्भावित कारक र न्यूनीकरणका उपायको विषयमा अध्ययन, अनसुन्धान,
  4. प्रदेश तथा स्थानीय तहलाई विपद् व्यस्थापनसम्बन्धी आवधिक योजना निर्माण गर्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने,
  5. विपद् व्यस्थापन सम्बन्धी कार्यमा गैरसरकारी संस्था, निजी क्षेत्र एवं स्थानीय समुदायलाई संलग्न गर्ने, गराउने तथा तिनीहरुको कार्यमा समन्वय एवं सहजीकरण,
  6. संघ, प्रदेश तथा स्थानीय तहमा खोज तथा उद्धार समूहको गठन तथा क्षमता विकास गरी प्रभाकारी खोज, उद्धार तथा राहत प्रदान,
  7. विपद्को घटना हुनासाथ त्यस्ता घटनाबाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार गर्ने, गराउने र विपद् प्रभावित बासिन्दाको जीउधनको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय,
  8. विपद् प्रभावितको खोज तथा उद्धारका लागि सुरक्षा निकाय, खोज तथा उद्धार समूह, फ्लाइङ्ग स्क्वाड, स्थानीय समुदाय, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, स्वयंसेवक, प्राविधिज्ञ लगायतका सरोकावाला संस्था परिचालन,
  9. विपद्का घटना पश्चात मानविय सहायताका लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज, उद्धार समूह एवं प्राप्त हुने नगद तथा राहत सामग्रीको व्यस्थापन,
  10. विपद् व्यस्थापनको क्षेत्रमा प्राप्त हुने अन्तर्राष्ट्रिय, द्विपक्षीय एवं बहुक्षीय सहायताको एकीकृत अभिलेख राख्ने,
  11. राष्ट्रिय विपद् व्यस्थापन सूचना प्रणालीको विकास तथा सञ्चालन गरी विपद् व्यवस्थापन सम्बन्धी सूचना तथा तथ्याङ्कको सङ्कलन, विश्लषेण, भण्डारण तथा सम्प्रेषण,
  12. नेपाल सरकारका विभिन्न निकाय लगायत अन्य संस्थालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा सल्लाह सुझाव दिने,
  13. सार्वजनिक संस्था तथा व्यावसायिक प्रतिष्ठानले आफ्ना कर्मचारी तथा कामदारलाई दिनु पर्ने विपद् व्यवस्थापन सम्बन्धी आधारभतू अभिमुखिकरण तालिमको विषय र मापदण्ड तोक्ने,
  14. विपद् व्यवस्थापनका सम्बन्धमा संघ, प्रदेश र स्थानीयस्तरका प्रशासनीक तथा सुरक्षा संयन्त्र तत्काल परिचालन हुने गरी दुरुस्त राख्न लगाउने,
  15. विपद् जोखिम न्यूनीकरण सम्बन्धमा जनचेतना अभिवृद्धि,
  16. विपद् जोखिम न्यूनीकरणको लागि भू-विज्ञान, भूकम्प विज्ञान, जल तथा मौसम विज्ञान, भौगोलिक सूचना प्रणाली, दूर संवेदन (रिमोट सेन्सिङ) प्रणाली, पूर्वचेतावनी प्रणाली लगायतका आधुनिक तथा परम्परागत प्रविधिहरुको अध्ययन, अनसुन्धान र उपयुक्त प्रविधिको उपयोग,
  17. विपद्का सम्भावित घटनाको बारेमा सम्बन्धित सबैलाई पूर्व जानकारी गराउन, तत्काल सूचना सङ्कलन, विश्लषेण तथा सम्प्रेषण गर्ने र खोज, उद्धार तथा राहतसम्बन्धी कार्यको समन्वय तथा परिचालन गर्न राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
  18. विपद्को समयमा तत्काल परिचालन हुने गरी फ्लाइङ्ग स्क्वाड गठन,
  19. विपद्को समयमा खोज, उद्धार तथा राहत कार्यका लागि तत्काल परिचालन गर्ने स्वयंसेवक ब्यूरो गठन,
  20. विपद् प्रभावित क्षेत्रका नागरिकहरुलाई अस्थायी पुनर्स्थापना तथा सिकाइ केन्द्रको निर्माणमा स्थानीय समदुाय एवं स्वयंसेवकहरू परिचालन,
  21. विपद् प्रतिकार्यमा निजी तथा गैरसरकारी संस्था, स्थानीय समुदाय तथा अन्य सरोकारवालालाई समन्वयात्मक रूपमा परिचालन,
  22. विपद्का लागि आपत्कालीन गोदाम घर सञ्चालन गर्ने तथा प्राप्त राहत सामग्रीको व्यवस्थापन,
  23. विपद्बाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्श सेवा,
  24. नेपाल सरकारका मन्त्रालय, विभाग तथा अन्य निकायले कार्यकारी समितिले निर्धारण गरेको भूमिका तथा जिम्मेवारी निर्वाह गरे नगरेको विषयमा अनुगमन,
  25. विपद् व्यवस्थापनसम्बन्धी तोकिए बमोजिमका अन्य कार्य ।

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्