हुलाकी राजमार्ग
नेपालको पूर्व पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी लोकमार्ग (अङ्ग्रेजी: Postal Highway) आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ ।
यस आयोजनाको कूल लागत अनुमान करिव ४७२७ करोड रहेको छ । नेपाल सरकार तथा भारत सरकारबाट प्राप्त हुने अनुदान रकमबाट लागत व्यहोरिने छ । आ.व. २०६५/६६ मा शुरु भई आ.व. २०७४/७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आ.व. २०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको अन्त्यमा कूल १६६३ कि.मि.कालोपत्रे सडक र १२५ वटा पूलहरूको निर्माण हुने अनुमान छ । [१]
हुलाकी राजमार्ग | |
---|---|
हुलाकी राजमार्ग | |
हुलाकी राजमार्ग, पद्मरोड | |
मार्ग विवरण | |
सम्भारकर्ता सडक विभाग | |
लम्बाइ | १,७९२.४२ किमी (१,११३.७६ माइल) |
वर्तमान | 1930s–वर्तमान |
इतिहास | Under Construction |
प्रमुख स्थानहरू | |
East अन्त्य | kechana kawal |
West अन्त्य | Dodhara |
स्थान | |
देश | नेपाल |
राजमार्ग प्रणाली | |
इतिहास
सम्पादन गर्नुहोस्राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिाड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ । [२] यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुाचमार्ग पनि हो । यस आयोजना पूर्व-पश्चिम ९सय ७५ किमि फैलिएको छ ।
भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणकै क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । [३]
कार्य प्रगति
सम्पादन गर्नुहोस्राजमार्ग तराई सिमानाका २० जिल्ला जोड्ने दुई लेनको सडक हो र सन् २०२० नोभेम्बरसम्ममा ८३% सडक निर्माण सम्पन्न भइसकेको थियो। हुलाकी राजमार्ग निर्माणालय, सडक विभाग यस आयोजनाको कुनै पनि कुरासँग सम्बन्धित सरकारी कार्यालय हो।[४]
मुख्य उद्देश्य
सम्पादन गर्नुहोस्यो नेपालकै सबैभन्दा पुरानो राजमार्ग हो जुन जुद्धशमशेर जंगबहादुर राणा र पद्मशमशेर जंगबहादुर राणाले देश भरी हुलाक सेवाहरू सञ्चालन गर्न र यातायातमा सहयोग पुर्याउन निर्माण गरेको हो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ राष्ट्रिय गौरवका आयोजनाको परिचय तथा प्रगति स्थिति
- ↑ हुलाकी मार्ग : इतिहासको अन्तरकुन्तर र भविष्यको अवसर
- ↑ राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माण कार्य कछुवा गतिमा
- ↑ "हुलाकी राजमार्गको 83% निर्माण सम्पन्न", MyRepublica (Englishमा), Nagarik Network, २३ जनवरी २०२३, अन्तिम पहुँच ६ जुलाई २०२३।