राष्ट्रिय मधेश एकता पार्टी नेपाल

राष्ट्रिय मधेश एकता पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष मधुसुदनप्रसाद सिंह हुन् । राष्ट्रिय मधेश एकता पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको पकनाजोलमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह ट्र्याक्टर थियो।[१] राष्ट्रिय मधेश एकता पार्टी नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ८५० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,०३१ मत प्राप्त गरेको थियो ।[२]


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०