राष्ट्रिय नाचघर नेपालको एक प्रमुख सभास्थल हो। यो काठमाडौंको जमलमा अवस्थित छ।

इतिहास सम्पादन गर्नुहोस्

नेपाली नाटक, गीत, संगीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले वि.सं. २०१६ सालमा राष्ट्रिय नाचघरको निर्माण भई आधिकारिक रूपमा नाचघरको स्थापना भने २०१८ साल कार्तिक २८ गते भएको हो । नाचघर २०२९ सालसम्म कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग (नेपाल), कहिले सूचना विभाग र कहिले प्रसार विभाग अन्तर्गत रही २०२९ साल आषाढ ५ गते सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत सांस्कृतिक संस्थान स्थापना भई यसमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन एवं प्रदर्शन गर्ने थलोको रूपमा रह्यो । यो नेपाल सरकारको पूर्ण स्वामित्वको संस्थान हो ।

यस संस्थानले आफ्नो कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा सरकरी एवं गैरसरकारी निकायहरूसँग समेत समन्वय गर्ने गर्दछ । यसले आफ्नो नियमित कार्यक्रमको प्रर्दशन अन्तर्गत निशुल्क तथा सुपथ मूल्यमा टिकठ बिक्रि गरी सर्वसाधारणलाई स्वस्थ मनोरञ्जन उपलब्ध गराउन धार्मिक, सामाजिक तथा हास्यनाटकको अत्तिरिक्त गीति नाटक, नृत्य, नाटक, प्रहसन, लोक गीत, आधुनिक गीत एवं परम्परागत शास्त्रीय–नृत्य तथा लोक नृत्यहरूले भरिपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

हाल सम्मका महाप्रबन्धकहरु सम्पादन गर्नुहोस्

  1. श्री इन्द्र प्रसाद काफ्ले
  2. श्री गोबिन्द प्रसाद तिमल्सिना
  3. श्री नारायण गोपाल गुरुवार्चाय
  4. श्री गणेश रसिक
  5. श्री रमेश ताम्राकार
  6. श्री नारायण भक्त श्रेष्ठ
  7. श्री हरिहर शर्मा
  8. श्री राम प्रसाद घिमिरे
  9. श्री लक्ष्मण रायमाझी
  10. श्री भूपाल राई
  11. श्री नरेश पौडेल
  12. श्री शालिक राम तिमल्सिना
  13. श्री राजेश थापा



सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्