राष्ट्रिय नागरिक पार्टी

राष्ट्रिय नागरिक पार्टी नेपालको एक राजनीतिक दल हो। यस पार्टीका वर्तमान अध्यक्ष शुक्र बहादुर गुरुङ हुन्। राष्ट्रिय नागरिक पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको कलंकीमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह फूलसहितको गमला थियो। अहिले चंगा रहेको छ । यस राष्ट्रिय नागरिक पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २९० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ४,६६८ मत प्राप्त गरेको थियो।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०