राष्ट्रिय एकता पार्टी
राष्ट्रिय एकता पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष युवराजजङ्ग शाह हुन् । राष्ट्रिय एकता पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बुढानिलकण्ठमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह गदा थियो।[१] राष्ट्रिय एकता पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ७५० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,३६५ मत प्राप्त गरेको थियो ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।