राज्य, सरकार र देश विकास

राज्यका चार तत्व भूगोल, नागरिक, सरकार र सम्प्रभुता हुन् अर्थात् भौगोलिक क्षेत्र, जनसंख्या, सरकार र सार्वभौमिकता राज्य संरचनाका तत्व हुन्। [१]

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका तीन अंगहरु हुन्। [२] देशले समृद्धि र विकास हासिल गर्न यी तीनै अंगहरु राम्ररी सन्चालित हुनुपर्छ ।

1. कार्यपालिका (Executive)

2. न्यायपालिका (Judiciary)

3. व्यवस्थापिका (Legislative)

क. राष्ट्रप्रमुख (Head of State)

सम्पादन गर्नुहोस्

राजतन्त्रात्मक देशमा राजा र गणतन्त्रात्मक देशमा राष्ट्रपति राज्य प्रमुख हुन्छ। राष्ट्रप्रमुख देशको पहिलो मर्यादाक्रममा रहेको सर्वोच्च पद हो।

ख. सरकार प्रमुख/कार्यपालिका प्रमुख (Head of Government)

सम्पादन गर्नुहोस्

सरकार प्रमुख कार्यकारी प्रमुख पद हो। कुनै देशमा प्रधानमन्त्री सरकार प्रमुख हुन्छ भने कुनै देशमा राज्य प्रमुख नै सरकार प्रमुख पनि हुन्छ।

ग. न्याय प्रमुख/न्यायपालिका प्रमुख (Chief Justice)

सम्पादन गर्नुहोस्

प्रधान न्यायाधीश न्याय प्रमुख हुन्छ।

घ. संसद प्रमुख/व्यवस्थापिका प्रमुख (Speaker of House)

सम्पादन गर्नुहोस्

एउटा मात्र सदन भएको देशमा सभामुख संसद प्रमुख हुन्छ भने तल्लो सदन अर्थात् प्रतिनिधि सभा र माथिल्लो सदन अर्थात राष्ट्रिय सभा गरी दुईवटा सदन भएको देशमा प्रतिनिधि सभाका प्रमुख सभामुख हुन्छ भने राष्ट्रिय सभाका प्रमुख राष्ट्रिय सभा अध्यक्ष हुन्छ।

राज्यका 3 अंग मध्ये कार्यपालिका अर्थात् सरकार (मंत्री परिषद) पहिलो अंग हो।

राज्य संचालन कार्यमा सरकार गठन र सरकारको गुणस्तर, क्षमता र स्थायित्वले देश विकासको गति र उपलब्धी निर्धारण गर्दछ। सरकार गठनको राजनैतिक प्रक्रियाले सरकारको गुणस्तर निश्चित गर्दछ।

विश्वका प्राय देशमा आम निर्वाचनबाट सरकार गठन गरिन्छ। कतिपय देशमा सरकार प्रमुख अर्थात देशको कार्यकारी प्रमुख राष्ट्रपति हुन्छ भने कतिपय देशमा प्रधानमन्त्री हुन्छ। सरकार प्रमुखले मन्त्रि परिषद गठन गर्दछन्। संसदीय व्यवस्था भएको देशमा मन्त्रीहरू संसद सदस्यहरु मध्येबाट नियुक्त गरिन्छन्। मन्त्री परिषदमा नियुक्त मन्त्रीहरूको योग्यताले सरकारको क्षमता र देश विकासको गतिमा प्रभाव पार्दछ। यसै सिलसिलामा सरकार प्रमुख र सरकारका मन्त्री नियुक्त हुन चाहिने योग्यता निर्धारण प्रभावकारी ढंगले गरिएमा देश विकासको गति र लक्ष्य हासिल गर्न सकिन्छ।

वर्तमान समयमा विश्व परिवेश र समाज, नागरिकको चेतना, प्रविधि विकास विगतको भन्दा निकै फरक भईसकेको सन्दर्भमा सरकार प्रमुख र सरकारका मन्त्री चयनको लागि यस्तो व्यवस्था अपनाउन सकिन्छ।

सरकार प्रमुखको चयन

१. सरकार प्रमुख (देशको कार्यकारी प्रमुख) आम निर्वाचन मार्फत प्रत्यक्ष निर्वाचनद्वारा गरिनु पर्ने।

२. स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने।

कार्यपालिका परिषद गठन

जसरी न्यायधीशहरूको नियुक्ति गर्न न्याय परिषद गठन गरी न्याय परिषदको सिफारिसमा संसदीय समितिको सुनवाईद्वारा गरिन्छ, मन्त्रीहरूको नियुक्तिको लागि पनि कार्यपालिका परिषद गठन गरी कार्यपालिका परिषदको सिफारिसमा संसदीय समितिको सुनवाईद्वारा मन्त्रीहरूको नियुक्ति गरिनु पर्छ।

कार्यपालिका परिषदमा

प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित प्रधानमन्त्री - अध्यक्ष,

प्रतिपक्षी दलका नेता – सदस्य र

राष्ट्रिय सभाका अध्यक्ष – सदस्य

रहने गरी तीन सदस्यीय परिषद गठन गरिनु पर्छ।

मन्त्रीहरूको चयन

१. मन्त्रीहरूले जुन मन्त्रालय सम्हाल्ने हो सो मन्त्रालयले सम्पादन गर्ने कार्यक्षेत्र संबन्धी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने। मन्त्रालयका सचिवहरू पनि संबन्धित कार्यक्षेत्रकै विषयमा योग्यता र दक्षता हासिल गरेको हुनुपर्ने।

२. सरकार प्रमुखले प्रतिनिधि सभा वा राष्ट्रिय सभाका सदस्य मध्ये (जुन सुकै राजनैतिक दलको सदस्य भएपनि वा नभएपनि हुने वा स्वतन्त्र) बाट र यदि यी दुबै सभामा मन्त्रालय संबन्धित कार्यक्षेत्र विषयमा योग्यता र दक्षता हासिल गरेका व्यक्ति उपलब्ध नभएमा संबन्धित कार्यक्षेत्रमा कुनै सरकारी निकायमा अधिकृत स्तरमा कम्तीमा १० वर्ष काम गरिसकेको तर कर्मचारी सेवाबाट अवकाश लिइसकेको व्यक्ति (जुन सुकै राजनैतिक दलको सदस्य भएपनि वा नभएपनि हुने वा स्वतन्त्र) मन्त्री परिषदको सदस्य चयन गरिनु पर्ने। वास्तवमा संसद सदस्यहरुको काम जनताको आवाज संसदमा पुर्याउने तथा ऐन बनाउने भएकोले सांसदहरुले मन्त्री पद भन्दा विधायिकाको भुमिका खेल्नु पर्छ।

३. मन्त्री पदमा चयन हुन चाहने व्यक्तिले आफू नियुक्त हुने मन्त्रालयमा आफूले गर्ने कार्य योजना, सो संबन्धी विषयमा हासिल गर्ने लक्ष्य समयावधि सहित प्रस्तुति गर्नुपर्ने र नियुक्त भए पश्चात लक्ष्य हासिल गर्न नसकेमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीबाट पदमुक्त गर्ने व्यवस्था गरिनु पर्ने।

४. यसरी कुनै मन्त्री पद रिक्त भएमा पुन कार्यपालिका परिषदबाट नयाँ मन्त्री चयन गरिनु पर्ने।

सक्षम सरकार र देश विकास

सम्पादन गर्नुहोस्

कुनै पनि देशको विकासले गति लिनको लागि राज्यले सक्षम सरकार पाएको हुनुपर्छ। यसरी गठित सरकार भएमा देशले हासिल गर्ने उपलब्धीहरूः-

१. विकासले गति लिन्छ।

२. देशमा शान्ति र समृद्धी हासिल हुन्छ।

३. सरकार पाँच वर्षसम्म स्थिर रहन्छ। मध्यावधि निर्वाचनको आवश्यकता रहँदैन।