राजाराम श्रेष्ठ (अंग्रेजी: Rajaram Shrestha) एक नेपाली राजनीतिज्ञ हुन्, जसले काठमाडौं महानगरपालिकाको १३ औं मेयरको रूपमा सेवा गरेका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ बाट उप-मेयरको उम्मेदवार भएका थिए।[१]

राजाराम श्रेष्ठ
काठमाडौँको नगरप्रमुख
कार्यकाल
वि.सं. २०६१ – वि.सं. २०६०
पूर्वाधिकारीकेशव स्थापित
उतराधिकारीविद्यासुन्दर शाक्य
व्यक्तिगत विवरण
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी

श्रेष्ठ २०३६ सालमा विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा लागेका हुन् । बिसं २०६० को काठमाडौं महानगरपालिकाको निर्वाचनमा उनी मेयर निर्वाचित भएका थिए। राजा ज्ञानेन्द्रले गराएको त्यो निर्वाचनमा प्रमुख दलहरु भने सहभागी भएका थिएनन्।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राप्रपाले काठमाडौंको उपमेयरमा राजाराम श्रेष्ठलाई उम्मेदवार बनायो", अनलाइनखबर (नेपालीमा), अनलाइनखबर, अन्तिम पहुँच २०७४ वैशाख १९ 
  2. ढकाल, सविन (२७ बैशाख २०७४), "एमाले-राप्रपाको राजनीतिक प्रेम : सन्तान राजाराम", पहिलोपोस्ट (नेपालीमा), पहिलोपोस्ट, अन्तिम पहुँच २७ बैशाख २०७४