राजवंशी जाति

(राजवंशी बाट पठाईएको)

राजवंशी झापा जिल्लाको आदिवासी जनजाति हो ।

राजवंशी जाति
Dadhikado 01.jpg
परम्परागत दधिकादो पर्व मनाउँदै राजवंशी समुदाय
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
धर्मावलम्बी
हिन्दू

मुख्य बस्तीसम्पादन

यो जातिको बसोबास जिल्लाका सबै क्षेत्रमा पाइएता पनि विशेष गरेर जिल्लाको मध्य तथा दक्षिणी भेगमा पाइन्छ। यो जाति खास गरेर झापा जिल्लाको भद्रपुर, पथरिया, अनारमनी, गरामनी, काकरभिट्टा, गौरीगञ्ज, घैलाडुव्वा, कुरोबारी, डांगीबारी, वैगुनधुरा, राजगढ, घेराबारी, बालुबाडी, महेशपुर, हल्दीबारी, बनियानी, शरणामतीमा वढी केन्द्रित भएको देखिन्छ। त्यसैगरी माेरङकाे विराटनगर ,कटहरि गाप,जहदा गाप,बुढिगंगा गाप, धनपालथान गाप आदि नपा, गापामा अत्यधिक संख्यामा विराट राजवंशी बसाेवास भएको पाईन्छ ।


पूर्वज आगमनसम्पादन

पश्चिम बङ्गाल (कोच विहार ) र आसामको सिमानामा बस्ने कोचहरूकै वंशज हुन् भन्ने नृवंशशास्त्रीहरू भन्दछन। शारीरिक बनोटले मंगोल आकृतिका भएपनि यिनको भाषा बङ्गाली र आसामी भाषासँग मिल्दोजुल्दो छ। यिनीहरुको भाषालाई धेरै नामले चिनीन्छ,तीहुन राजवंशी, रंगपुरी, कामतापुरी, ताजपुरी, गुवालपाडिया, पोलिया, सृजापुरी साथै कोच भाषाको नामले पनि चिनीन्छ।पुर्वजको आगमन भन्दा पनि यो क्षेत्र(झापा,मोरंग,सुनसरी) राजवंशीहरुकै राज्य कामतापुर थियो।

जातीय संस्कृतिसम्पादन

प्रकृतिपूजक यिनीहरू ठाकुर ब्रह्मानीको पूजा गर्दछन् र धामी झांक्री मान्दछन्। राजवंशीहरूले सिरुवा पर्व, दधिकाद पर्व, होली आदि पर्वहरू मान्दछन। नव बर्षको उपलक्ष्यमा मनाइने सिरुवा पर्व, तथा भगवान कृष्ण जन्मको उत्सवको रूपमा मनाइने दधिकादो पर्वमा यिनीहरू हिलो र पानी खेल्दछन। विहेवारीमा केटीको आमाबाबुलाई केटा पक्षले दस्तुरको रूपमा पैसा दिने प्रचलन छ। यो प्रचलन अन्य केही जनजातिमा पनि पाइन्छ।

पेशागत रूपमा यो जातिको प्रमुख पेशा खेती किसानी हो। यो समुदायमा दामेदुंम ( केटीका आमाबाबुलाई जानकारी गराउने तर विधिविधान नगर्ने ) डंगुवा ( पतिको मृत्यु पश्चात् विधवाले अर्का केटासँग विवाह गरी पूर्व पतिको घरमा नै बस्ने संस्कार ), समन्द ( पतिको मृत्यु पछि अर्का सँग विवाह गरी उसैको घरमा गई बस्ने गरी गरिएको विवाह ), धजिया ( अविवाहित केटा केटी विच विवाह भई केटीको घरमा घरज्वाई बस्ने किसिमको विवाह ) र मागि विवाह गरी ५ किसिमका विवाह संस्कार प्रचलनमा छन्। यो जातिले जादु, टुनामुना, मोहिनी, धामीझाक्री, बोक्सीमा विश्वास राख्ने गरेका छन्। तर सबै राजवंशीकाे भेषभुुषाा, भाषा र संस्ककृती फरक छ।जस्तै विराट राजवंशी