रत्नपार्क
रत्न पार्क मध्य काठमाडौँ मा अवस्थित एक पार्क हो। यसको नामाकरण राजा महेन्द्र पत्नी रानी रत्नको नाममा राखिएको छ। [१] यो बालबालिका हरूको लागि निर्माण गरिएको हो र रत्नको नामबाट राखिएको छ। तत्कालीन रानी रत्न राज्यलक्ष्मीको योजना अनुरुप राजा महेन्द्रले बच्चाहरुको लागि भनेर पार्क तयार पार्न लगाएका थिए । २०१८ सालदेखि निर्माण सुरु गरेर २०२१ सालमा सम्पन्न भएको थियो ।
रत्नपार्क | |
---|---|
रत्न पार्क शंखधर उद्यान | |
स्थापना | वि.सं २०१८ निर्माण प्रारम्भ वि.सं २०२१ निर्माण सम्पन्न |
Founder | राजा महेन्द्र |
Etymology | रानी रत्न |
Operated by | काठमाडौँ महानगरपालिका |
पार्कको नाम योजनाकार रत्नकै नामबाट राखियो र उनको प्रतिमा पनि स्थापना गरिएको थियो । यो काठमाडौँको मध्य भागमा रानी पोखरी र टुँडिखेलको बीचमा अवस्थित छ। पार्कको बीचमा रहेको रत्नराज्यलक्ष्मीको शालिक भने २०६२/६३ सालमा आन्दोलनकारीले तोडफोड गरेका थिए । यो पार्कलाई यौनकर्मी हरुको पार्क मानिन्छ।
काठमाडौँ महानगरपालिकाले २०७७ मा शंखधर साख्वाः को शालिक राख्नुका साथै पार्कको नाम शंखधर उद्यान भनेर परिवर्तन गर्यो ।
चित्र
सम्पादन गर्नुहोस्-
Ratna Park Chowk
-
रत्न पार्क काठमाडौँ
-
रत्न पार्क