रणधीर सुब्बा

नेपालका राजनीतिज्ञ

रणधीर सुब्बा (जन्म:बि.सं १९६५) गोरखा परिषदका अध्यक्ष र नेपालका पूर्वमन्त्री हुन्। यिनी सुवर्ण सम्शेरको अन्तरिम मन्त्रीमण्डल सरकारमा राष्ट्रवादी गोरखा परिषदको तर्फबाट शिक्षा, स्थानीय स्वायत्त शासन, स्वास्थ्य, कानुन, संसदीय प्रबन्ध, उद्योग र वाणिज्यमन्त्री भएका थिए।

२०१४ चैत ३ मा राजा महेन्द्रले नयाँ व्यवस्था अनुरूपको संविधान निर्माणका निम्ति एउटा संविधान मस्यौदा आयोग बनाएका थिए। आयोगको अध्यक्षमा भगवतीप्रसाद सिंह थिए भने सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट सूर्यप्रसाद उपाध्यायहोराप्रसाद जोशी, गोरखा दलबाट रणधीर सुब्बा र कानुनविद्का रूपमा रामराज पन्त नियुक्त भएका थिए ।

२०१५ सालको चुनाव सम्पादन गर्नुहोस्

२०१५ सालको चुनावमा गोरखा परिषदका अध्यक्ष रणधीर सुब्बा क्षेत्र नं २६ धनकुटाबाट पराजित भएका थिए।

२०१७ सालपछि सम्पादन गर्नुहोस्

२०१७ सालको राजनैतिक घटनापछि गोरखा परिषद नेपाली काँग्रेसमा विलय भयो। पछि उनी पञ्चायत समर्थक भए। उनले चीनको लागि नेपाली राजदूतत्रिभुवन विश्वविद्यालयको उपकुलपति भएर पनि काम गरेका थिए।

बि.सं. २०३९ भदौ १ मा नेपालको उच्च शिक्षा क्षेत्रमा देखिएका र भविष्यमा देखिन सक्ने समस्या र त्यसको निराकरण राजा बिरेन्द्र द्वारा गठन गरिएको शाही उच्च शिक्षा आयोगमा सुब्बा अध्यक्ष थिए।[१]

मृत्यु सम्पादन गर्नुहोस्

२०४९ सालमा ८४ वर्षको उमेरमा सुब्बाको निधन भएको थियो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. शाही उच्च शिक्षा आयोोग गठन