होराप्रसाद जोशी ( वि.सं. - वि.सं. २०६७) नेपालका पूर्वमन्त्री हुन्। यिनी वि.सं. २०१६ सालको विश्वेश्वर प्रसाद कोइरालाको जननिर्वाचित मन्त्रीमण्डलमा पहिलोपटक उपमन्त्री भएका थिए।

खेलकुद परिषद्का सदस्यसचिव सम्पादन गर्नुहोस्

जोशी वि.सं. २०१५ - वि.सं. २०१७ का लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल का पहिलो सदस्यसचिव थिए। उनी सदस्यसचिवमा नियुक्त हुँदा परिषद् 'राष्ट्रिय खेलकुद तथा स्वास्थ्य परिषद्'का नाममा सञ्चालित थियो। उनकै कार्यकालमा पछि राष्ट्रिय खेलकुद परिषद् नामकरण भएको हो।

कानुनसेवी सम्पादन गर्नुहोस्

जोशी वरिष्ठ कानुनविद्समेत थिए। नेपाली कांग्रेसका पूर्वमहामन्त्री जोशी नेपालमा वि.सं. २००७ सालमा भएको प्रजातन्त्रको आन्दोलनपछि संविधान निर्माण मस्यौदा समितिका सदस्यसमेत रहेका थिए। यसैगरी विश्वेश्वरप्रसाद कोइरालाको पालामा जोशी न्याय, कानुन सहायकमन्त्रीसमेत बन्नुभएको थियो। वि.सं. ०१७ सालको 'कु' पछि उनी पटकपटक जेल परेका थिए। सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा एनआरटीका संस्थापकसमेत रहिसकेका जोशी खेलाडी जीवनमा फुटबलको 'ए' डिभिजन क्लब न्युरोड कर्नर टिमका पूर्वक्याप्टेनसमेत थिए। जोशी नेपाल ओलम्पिक कमिटीका पहिलो महासचिवसमेत बनेका थिए।

निधन सम्पादन गर्नुहोस्

उनको वि.सं. २०६७ मंसिरमा निधन भयो। उनको संस्मरण पुस्तक नबिर्सने ती दिनहरू प्रकाशित छ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

राजनीति प्रवेश सम्पादन गर्नुहोस्

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्