रक्त समूह
रक्त समूह वा रक्त प्रकार, भनेको राता रक्त कोषको सतहमा पाइने पदार्थमा वंशाणुगत एन्टिजन प्रतिजनको उपस्थिति वा अनुपस्थितिमा आधारित रगतको वर्गीकरण हो। रगत प्रणाली अनुसार यी एन्टिजेन्स प्रोटिन, कार्बोहाइड्रेट, ग्लाइकोप्रो प्रोटिन, वा ग्लाइकोलिपिडहरू हुन सक्छन् र यस मध्ये केही एन्टिजनहरू तन्तु र कोषहरूको सतहमा उपस्थित हुन सक्छन्। अनेक रातो रक्त कोशिका सतह एन्टिजन, जुन एलिल वा निकटसँग जोडिएको जीनबाट उत्पन्न हुन्छ, सामूहिक रूपमा रक्त समूह प्रणाली बनाउँछ।

रगतको अर्थसम्पादन
रगत एक जैविक तरल पदार्थ हो। रगत राता रक्त कोष (आरबीसी वा एरिथ्रोसाइट्स), सेता रक्त कोष (ल्युकोसाइट्स) र प्लेटलेटहरू वा थ्रोम्बोसाइट्स)बाट बनेको जटिल संरचनाको द्रव पदार्थ हो।
अनुकूलतासम्पादन
प्राप्तकर्ता[1] | दाता[1] | |||||||
---|---|---|---|---|---|---|---|---|
ओ− | ओ+ | ए− | ए+ | बि− | बि+ | एबी− | एबी+ | |
ओ− | ||||||||
ओ+ | ||||||||
ए− | ||||||||
ए+ | ||||||||
बि− | ||||||||
बि+ | ||||||||
एबि− | ||||||||
एबि+ |
रगत उत्पादनसम्पादन
रातो रक्त कोशिका अनुकूलतासम्पादन
रक्तदानबाट अधिक लाभ पाउन र भन्डारण अवधि बढाउन ब्लड बैंकमा रगतलाई अनेक उत्पादनमा विभाजन गरिन्छ। यी उत्पादनहरूमा राता रक्त कोष, प्लाज्मा, प्लेटलेट्स, क्रायोप्रेसिपिटेट र ताजा जमेको प्लाज्मा पर्दछन्।
प्लाज्मा अनुकूलतासम्पादन
प्राप्तकर्ताहरू उही रक्त समूहको प्लाज्मा प्राप्त गर्न सक्छन् तर यो बाहेक दाता- प्राप्तकर्ता रगत प्लाज्मा रातो रक्त कोशिकाहरूको विपरीत हुन्छ:
एबि रक्त समुहबाट निकालिएको प्लाज्मा जुनसुकै रक्त समुहको व्यक्तिलाई दिन सकिन्छ; रक्त समुह ओ भएका व्यक्ति कुनै पनि रक्त समूहबाट प्लाज्मा प्राप्त गर्न सक्छन्: र ओ रक्त समूहको प्लाज्मा ओ रक्त समूहको प्राप्तकर्ताको लागि मात्र प्रयोग गर्न सकिन्छ।
प्राप्तकर्ता | दाता[1] | |||
---|---|---|---|---|
ओ | ए | बि | एबि | |
ओ | ||||
ए | ||||
बि | ||||
एबि |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "RBC compatibility table", American National Red Cross, सन् २००६, मूलबाट ४ अगस्ट २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २००८।
- ↑ Blood types and compatibility वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २०१० मिति bloodbook.com