रईस (चलचित्र)
भारतीय चलचित्र
रईस अपराधमा आधारित हिन्दी भाषामा बनेको एक भारतीय बलिउड चलचित्र हो । यसको निर्देशन राहुल ढोलकियाले गरेका हुन् । यस चलचित्रको निर्माण फरहान अख्तर, रितेश सिधवानी र गौरी खानले गरेका हुन् । यस चलचित्रको निर्माण अप्रिल २०१५ मा शुरू भएको थियो । यस चलचित्रमा शाहरूख खान, फरहान अख्तर र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा छन् ।[१] चलचित्रमा अभिनेत्री सन्नी लियोन एक विशेष गानामा शाहरूख खानको साथ देखिने छिन् ।
रईस | |
---|---|
निर्देशक | राहुल ढोलकिया |
लेखक | राहुल ढोलकिया हरित मेहता आशीष वाशी नीरज शुक्ला |
निर्माता | गौरी खान फरहान अख्तर रितेश सिधवानी |
मुख्य कलाकार | शाहरूख खान नवाजुद्दीन सिद्दीकी माहिरा खान अब्दुल अहद आसिफ अनिल मांगे |
सम्पादन | दीपा भाटिया |
सङ्गीत | राम संपत |
वितरक कम्पनी | इरोस इन्टरनेशनल |
प्रदर्शन मिति |
|
देश | भारत |
भाषा | हिन्दी |
कलाकार
सम्पादन गर्नुहोस्- शाहरूख खान
- फरहान अख्तर
- नवाजुद्दीन सिद्दीकी
- माहिरा खान
- अब्दुल अहद आसिफ
- मलिक ताजिम नाजिर
निर्माण
सम्पादन गर्नुहोस्यस चलचित्र गुजरातमा आधारित छ, तर यस चलचित्रको कुनै पनि भागको निर्माण गुजरातमा भएको छैन ।
संगीत
सम्पादन गर्नुहोस्रईसको लागि संगीत राम सम्पतले दिएका हुन् । जावेद अख्तरले चलचित्रको गाना लेखेका हुन् । चलचित्रको संगीत अधिकारहरूको अधिग्रहण जी म्यूजिक कम्पनीले गरेको हो । चलचित्रको गाना "लैला मै लैला" १९८० को चलचित्र कुर्बानीबाट लिइएको हो र पुनर्निर्मित गरिएको छ भएको थियो ।
क्र.सं. | शीर्षक | शब्द | सङ्गीत | गायक | लम्बाइ |
---|---|---|---|---|---|
१. | "लैला मै लैला" | इन्दीवर, जावेद अख्तर | कल्याणजी-आनंदजी, राम सम्पत | पावनि पाण्डे | ५:०६ |
२. | "जालिमा" | अमिताभ भट्टाचार्य | JAM8[२] | अरिजीत सिंह, हर्षदीप कौर | ४:५९ |
३. | "उडी उडी जाए" | जावेद अख्तर | राम सम्पत | सुखविंदर सिंह, भूमि त्रिवेदी, करसन सगाठिया | ४:२० |
४. | "ढींगाणा" | मयूर पूरी | अहीर (JAM8), ओमग्रोन | मिका सिंह | २:४६ |
५. | "एनु नाम छे रईस" | राम संपत, हिरल ब्रह्मभट्ट | राम संपत | राम संपत, तरन्नुम मलिक | ३:०० |
६. | "साँसों के" | मनोज यादव | अहीर (JAM8) | केके | ४:०२ |
७. | "घम्मर घम्मर" | पारम्परिक | राम संपत | रोशन राठौड़ | २:३९ |
कुल लम्बाइ: | २६:५२ |