यौन शिक्षा (Sex education) एक विस्तृत संकल्पना हो जुन मानव यौन अङ्गहरू, जनन, संभोग अथवा रति क्रिया , यौनिक स्वास्थ्य, जनन-सम्बन्धी अधिकारहरू र यौन-आचरण सम्बन्धी शिक्षाबाट सम्बन्धित छ । माता-पिता र अभिभावक, मित्र-मण्डली, विद्यालयी पाठ्यक्रम, सार्वजनिक स्वास्थ्य जागरूकताको कार्यक्रम आदि यौन शिक्षाको प्रमुख साधन हुन ।

किशोर अवस्था र यौन शिक्षा

सम्पादन गर्नुहोस्

किशोरावस्थामा प्रवेश गरेपछि यौनसम्बन्धी विभिन्न जिज्ञासा उठ्न थाल्छन् । यस्ता जिज्ञासाहरूको समाधान कसरी पाउने भन्ने चासो सबैलाई थाहा हुन्छ तर धेरैले भन्न सक्नदैनन । किशोरकिशोरीहरूका शरीरमा विभिन्न किसिमका परिवर्तन आउन थालेपछि उनीहरूको बाह्य क्रियाकलापमा पनि कमी आउने अध्ययनले देखाएको छ । यस्तो अवस्थामा आवेशमा आएर गलत बाटोतर्फ अग्रसर हुने सम्भावना हुन्छ । यस्ता जिज्ञासाको जानकारी समयमै प्राप्त भए उनीहरू गलत दिशातर्फ जानबाट रोकिन्छन् ।

यौनका सम्बन्धमा किशोरकिशोरीहरूको जिज्ञासा कसरी समाधान गर्ने भन्ने बहस प्राचीनकादेखि नै चलिआएको छ । यौन क्रियाकलापमा बढी रुचि हुने किशोरकिशोरीहरूमा बाल्यकालमा आमा बन्ने समस्या देखापर्छ भने कम जिज्ञासाले उनीहरूमा हीनताबोध हुनथाल्छ । यद्यपि अभिभावकले किशोरावस्थामा उनीहरूको अङ्गमा आएको परिवर्तन, उनको आवश्यकता एवं मानसिक स्तरअनुसार सम्झनुपर्छ । जसले उनीहरू अझ बढी कामुक नबनून र व्यवहारिक रूपमा अघि बढून् भन्ने कुरामा विशेष सचेत हुनुपर्छ ।

व्यवहारिक ज्ञान

सम्पादन गर्नुहोस्

कुनैपनि तरिकाबाट यौनका सम्बन्धमा जानकारी दिनुपूर्व अभिभावकले किशोरकिशोरीहरूसँग मित्रवत् व्यवहार गर्नु आवश्यक छ । उमेर तथा उनीहरूसँगको सम्बन्ध तगारो नबनोस् भन्ने ख्याल राख्नुपर्छ । उनीहरूको विश्वास तपाईँप्रतिको हुनुपर्छ । मातापिताले आफ्ना किशोरकिशोरीहरूमा के—कस्ता परिवर्तन आइरहेका छन् बुझ्नुपर्छ । यदि उनीहरूले कुनै कुरा सोध्ने गरेका छैनन भने आफै सतर्क हुनु उचित हुन्छ । उनीहरू खुसी रहने, दुखी रहनु धेरे बोल्नु, कम बोल्नु, एक्लै बस्नु आदि कुरामा राम्रासँग ध्यान दिएर कारण सोध्नुपर्छ । विकल्प वा उदाहरण दिएर उनीहरूको मनमा के कुरा खेलिरहेको छ बुझ्ने प्रयास गर्नु उचित हुन्छ ।

यौनसम्बन्धी ज्ञान दिनुपूर्व यौनको आवश्यकता, महत्त्व र प्राथमिकताका सम्बन्धमा बुझाउनु पर्छ । यौनका सम्बन्धमा डर, त्रास देखाएर भ्रममा पार्नुहुँदैन । यौन शिक्षाको अर्थ संभोग कला बुझाउनु मात्र नभएर त्यससँग सम्बन्धित सबै व्यवहार परिवर्तन, आवश्यकता आदि विषयमा बुझाउनु एवं सतर्क गराउनु हो । यसो नभए गलत धारणा वा भ्रम सिर्जर्ना हुने सम्भावना रहन्छ जसले गर्दा हीन भावना बढनसक्छ र उनीहरूको आत्मविश्वास पनि घट्नसक्छ । किशोरकिशोरीहरूले यस्ता पुस्तक, इन्टरनेट, पोर्ने साइटको वा गलत संगतले यौनका सम्बन्धमा आधा, अधूरो वा गलत ज्ञान आर्जन नगरून् भन्ने विषयमा ख्याल राख्नुपर्छ । किशोरकिशोरीहरूले कस्तो चित्र हेर्छन ? टिभीमा कस्तो कार्यक्रम हेर्न रुचाउँछन् ? कस्तो चलचत्रि मनपराउँछन । इन्टरनेटको के—कस्तो साइड सर्च गर्छन ? फोनमा कोसित कस्तो कुरा गर्छन् ? कोठामा बस्दा एक्लै के गर्छन् ? राति किन अबेरसम्म बस्छन् ? आदि कुरा राम्रसँग बुझी एक्लै भएको अवस्थामा सम्झाउनुपर्छ । सबैका सामु यौनसम्बन्धी कुरा गर्दा गलत सन्देश जान सक्छ ।

किशोरकिशोरीलाई यौन ज्ञान दिनुपूर्व उनको मानसिकस्थिति राम्रोसँग बुझ्नुपर्छ । ज्ञान दिएको कुरा उनीहरूले कसरी बुझिरहेका छन् विचार गर्नुपर्छ । यस्तो विषयमा जानकारी दिँदा पहिले के कति जानकारी हासिल गरेका छन् भन्ने कुरा बुझ्नु जरुरी आवश्यक छ । उनीहरूले गलत कुरा सिकेका वा बुझेका छन् भने त्यसलाई बेलैमा सच्याउनुपर्छ । यस्तो बेलामा नैतिक ज्ञानको आवश्यकता पर्छ । यद्यपि यस विषयमा प्रारम्भीक जानकारी घरमै दिनु उचित हुन्छ । अभिभावकले किशोरकिशोरीहरूलाई आफ्नै किसिमले सेक्स र सेक्सुअलिटीका सम्बन्धमा भएको फरक बुझाउनुपर्छ । यौनको संवेदनशीलता बुझेर अभिभावकले उनीहरूलाई सही जानकारी दिनुपर्छ । मासिक चक्र, हस्तमैथुन, यौन व्याकुलता एवं विपरित लिङ्गीप्रतिको आकर्षणका विषयमा बुझाउनुपर्छ । यसका साथै सुरक्षित यौन सम्बन्ध, यसका लागि उचित उमेर,अवस्था, प्रि मेरिटियल सेक्स, टिनएज प्रेग्नेन्सी, प्रोर्नोग्राफी अश्लील साहित्य, गर्भनिरोधक साधन आदि विषयमा सही जानकारी दिनु आवश्यक हुन्छ ।

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्