डा.योगी विकाशानन्द युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन्। उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन्। उनको जन्म बि. सं. २०१८ असार २ गते भएको हो,र उनलाई क्षेत्रपाटीको गणेश मन्दिर अगाडि सालनाल सहितको नाबालक अवस्थामा बेवारिसे फेला पारिएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पसेका थिए । ६ वर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन शुरू गरे । उनको बिवाह कमलेश्वरी सैंजु सँग भएको छ । उनका एक छोरा र एक छोरी छन् र वहाँलाई पाल्ने आमाको हालसालै निधन भएको छ । संसार बदल्नु छ भने शुरूवाद आफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने हुनाले विकासानन्दलाई उत्प्रेरक पनि मानिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू् सम्पादन गर्नुहोस्