यशोब्रम्ह शाह

लम्जुङ्गका प्रथम शाहवंशीय राजा
(यशोब्रह्म शाहबाट अनुप्रेषित)

यशोब्रम्ह शाह वा यशोब्रह्म शाह वा यशोबाम शाह कास्कीका राजा कुलमण्डन खाँ (शाह) का कान्छा छोरा हुन्। लम्जुङ राज्यमा कास्की राजाकै माहिला भाईको मृत्यु पश्चात उनिलाई त्याहाँ स्थापित गरिएको हो। उनका २ छोरा नरहरि शाहद्रव्य शाह थिए । नरहरि शाहका सन्तानहरू लम्जुङ्गका राजा भएका थिए र द्रव्य शाहका सन्तानहरू गोरखाका राजा भएका थिए । द्रव्य शाहका वंशज नरभूपाल शाहपृथ्वीनारायण शाहले नेपालको एकिकरणको शुरुवात गरेका थिए।

यशोब्रह्म शाह
लम्जुङ्गका राजा
श्री श्री महाराज
पूर्वाधिकारीस्थापित
उत्तराधिकारीनरहरि शाह
सन्तानराजा नरहरि शाह
राजा द्रव्य शाह
नाम
यशोब्रह्म शाह
वंशशाह वंश
बाबुकुलमण्डन खाँ (शाह)
धर्महिन्दु

किम्बदन्ति र दाबी सम्पादन गर्नुहोस्

श्रोतहरूको आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए । चितोरगढका चन्द्रवंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औँ वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जयनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे ।

भूपाल नेपालको रिडी हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए । उनीहरू क्रमश: खान्चाखान र मिचाखान नामले चिनिन्थे । खान्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । उसको कान्छो भाइ मिचाखान पहिले नुवाकोट(स्याङ्जा)मा गएर राज्य गर्न थाले ।[१] कान्छा अजयसिंह(मिचाखान)बाट विचित्र खान र कुलमन्डन खान जन्मे । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई ल्याई राजा बनाएका थिए ।

सन्दर्भ साम्रगीहरू सम्पादन गर्नुहोस्