मोहन नरसिंह राणा (वि.सं. - वि.सं. २०७१) नेपाली हुलाक टिकटमा डिजाइनर हुन् ।

जीवनी सम्पादन गर्नुहोस्

काठमाडौँ को मालीगाउँका राणा हुलाक टिकक डिजाइनर हुन् । उनले ३ सयभन्दा बढी हुलाक टिकट डिजाइन गरेका छन् ।

सन् १९९५ मा संयुक्त राष्ट्रसंघको ५०औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट डिजाइन गरे बापत उनले गोल्ड मेडल पाएका थिए । बनारस विश्वविद्यालयबाट कला विधामा स्नातक उनी हुलाक विभागमा वरिष्ठ कला अधिकृत थिए ।

विभागका ३१ वर्ष जागिर गरेका उनले निधन हुनु केही महीनाअघि मात्रै अवकाश पाएका थिए ।

सेवाबाट अवकास पाउनुअघि उनले डिजाईन गरेका पाँच किसिमका टिकट सन् २०१२ को फिलाटेलिक कार्यक्रमअन्तर्गत हुलाक सेवा विभागले प्रकाशन गरेको थियो । उनले लोकनायक राजा सहलेस (सिराहा), लोमान्थाङ दरबार (मुस्ताङ), साल्पा पोखरी (भोजपुर), सहस्रधारा जात्रा (दोलखा) र गायिका मेलवादेवी अंकित टिकट डिजाइन गरेका थिए ।

विभिन्न चार रङमा मिश्रण गरिएका ती टिकट पाँच/पाँच लाखप्रति प्रकाशित गरिएको थियो ।

निधन सम्पादन गर्नुहोस्

डिजाइनर राणाको ६० वर्षको उमेरमा वि.सं. २०७१ भदौ १५ राति साढे १० बजे निधन भयो । घाँटीको क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

उनको वि.सं. २०७१ भदौ १६ बिहान पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरियो । उनका श्रीमती, एक छोरी र छोरा छन् ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्