मोदी खोला कालीगण्डकी नदीको एक शाखा नदी हो। यसको उद्गम-स्थल अन्नपुर्ण हिमश्रृङ्खला हो।पर्वत जिल्लाको सदरमुकाम कुस्मा नजिक यो खोला कालीगण्डकी नदीमा मिसिन्छ। नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुल यही नदीमाथि बनाइएको छ। यस नदीमा हाल १४ मेगावाटको मोदीखोला जलविद्युत केन्द्र सञ्चालनमा छ।