युवक कवि मोतीराम भट्टको सकृयतामा स्थापित यो संस्था काठमाडौवनारस दुवै ठाउँमा सकृय रह्यो । तत्कालीन साहित्यिक प्रतिभाहरूलाई जम्मा गरी साहित्य रचनातर्फ प्रोत्साहित गर्ने उद्देश्य राखेको यो संस्थाले समस्या पूर्तिको पद्धति अपनाएको थियो।

श्रृङ्गार रसप्रधान कविता सृजना गर्ने यो समुहमा पद्मविलास,काशीनाथ ,चेतनाथ आचार्य , नरदेव पाण्डे ,तीर्थराज पाण्डे ,गोपीनाथ लोहनी आदि कविहरु सम्मीलित थिए ।