मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीको एक संस्थापिका हुन् । विक्रम सम्वत २००६ सालदेखि निरन्तर कम्युनिष्ट सिद्धान्तको प्रचार-प्रसार गरी लामो कष्टकर जीवन बिताउन बाध्य मोतीदेवीले आफ्नो अवसानसम्म नेकपा (एमाले)को भातृसङ्गठन अखिल नेपाल महिला सङ्घप्रति राम्रो धारणा व्यक्त गर्न रुचाउनुभएन। उनी सो संघका क्रियाकलापप्रति दुःख व्यक्त गर्थे/गर्थिन् । २००४ सालमा नेपाल महिला संघका सदस्य र सो संघको ललितपुर जिल्लाअध्यक्ष हुनुभएकी छन् ।[स्रोत नखुलेको]

मोतीदेवी श्रेष्ठ
जन्ममोतीदेवी श्रेष्ठ
१९६९
ललितपुर
पेशाराजनीतिज्ञ

मोतीदेवीको जन्म वि.सं. १९६९ ललितपुरको कुम्भेश्वरमा भएको थियो। ललितपुरको तफाल्लो, मानभवनमा ३० वर्षदेखि ऐलानी जग्गामा बस्दै गरेकी मोतीदेवीले ६ आना जग्गामा एउटा झुपडी आफैँ बनाउनुभयो। सो ऐलानी जग्गा उनको नाममा दर्ता गराउने प्रयास कसैले गरेन । कम्युनिष्ट पार्टीको स्थापना गर्ने एक सदस्य कम्युनिष्ट पार्टीकै वर्तमान नेतृत्वसँग असन्तुष्ट रहँदैको अवस्थामा वि.सं. २०५४ साल जेठ ७ गते निधन भयो ।

निरकुश राणा शासनकाल बिरुद्दको आन्दोलनको क्रममा उनी राजनितिमा लागेकि थिईन् । सोहि क्रममा पुष्पलाल श्रेष्ठ गङ्गालाल श्रेष्ठ संगै भारतको कलकत्तामा निर्बासित भएकी थिईन । मोतिदेवी श्रेष्ठ राणा शासन बिरुद्दको आन्दोलनमा सक्रियता पुर्बक सहभागि भएकी थिईन् । उनी सम्पन्न परिवारबाट आएकी थिईन् तर आन्दोलनमा लाग्ने क्रममा औधोगिक मजदुरको रूपमा पनि काम गरेकि थिईन् । उनको जिवनको अन्तिम ईच्छा नेपाली महिलाहरूको साामाजिक र लैङ्गीक स्वन्त्रत्रता थियो [१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. मैनाली प्रमोद,माईलस्टोन अफ हिस्ट्री,२००६

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्