मैथिली ठाकुर एक भारतीय गायिका हुन्।[१] सन् २०१७ मा भारतीय गायन रियालिटी कार्यक्रम राइजिङ स्टारको पहिलो संस्करणमा सहभागिता जनाएपछि उनले चर्चा पाएकी हुन्। सो गायन कार्यक्रममा ॐ नम: शिवाय बोलको गीत गएपछि उनलाई सोझै फाइनलको लागि छनौट गरिएको थियो। मैथिली सो रियालिटी कार्यक्रमको फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी थिइन्।[२] २ मतको झिनो अन्तरले उनलाई दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो।[३] यसै रियालिटी कार्यक्रममा उनको सफलताले उनको इन्टरनेट लोकप्रियता ह्वात्तै बढेको थियो। उनीद्वारा युट्युबफेसबुकमा पोस्ट गरिने भिडियोहरूमा ७०,००० देखि ७० लाखसम्म झलक आउने गरेको छ।[४][५] उनले विशेषगरि मैथिली तथा भोजपुरी गीतहरू गाउने गरेकी छिन् जसमा छठको गीत र कजरी पनि रहेको छ। यस वाहेक उनी बलिउड चलचित्रको गीत र भारतको अन्य राज्यको लोकगीतहरू गाउने गरेकी छिन्।[१]

मैथिली ठाकुर
मैथिली ठाकुर
व्यक्तिगत जानकारी
जन्म (2000-07-25) २५ जुलाई २००० (उमेर २३)
राष्ट्रियताभारतीय
पेसागायिका, इन्टरनेट सनसनी, विद्यार्थी
युट्युब जानकारी
च्यानल
सक्रिय वर्ष२०१४-वर्तमान
पाठक१.२६ मिलियन पाठक
कूल झलक९,१८,९०,०७० झलक
(१४ सेप्टेम्बर २०१९)
१,००,००० पाठकहरू २०१७
१०,००,००० पाठकहरू जुन २०१९

उनको युट्युब भिडियोमा उनीसँगै उनको दुई साना भाइ रिषभ र आयाची समेत देखिन्छन्। रिषभ तबला वादकको रूपमा र आयाची गायकको रूपमा उनलाई सहयोग गर्ने गरेका छन्।[१][४] सन् २०१९ मा भारतीय निर्वाचन आयोगले उनीसमेत उनको दुवै भाईलाई मधुबनीको ब्रान्ड एम्बेसडर बनाएको थियो।[१][६] सन् २०१५ मा उनले भारतीय साङ्गीतिक कार्यक्रम 'आई जिनियस यङ सिङ्गिङ स्टार' जितेकी थिइन् र सोही वर्ष उनले 'या रब्बा' (युनिभर्सल म्युजिक) नामक साङ्गीतिक एल्बम बजारमा ल्याएकी थिइन्।[७] उनको फेसबुक पृष्ठमा २० लाख र इन्स्टाग्राम खातामा ७० लाख फोलोअर्स छन्।[८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ Khurana, Suanshu (२९ अप्रिल २०१९), "Vocalist Maithili Thakur and her two brothers on being Election Commission’s brand ambassadors in Madhubani" [मैथिली र उनको दुवै भाइ मधुबनी निर्वाचन आयोगको ब्राण्ड एम्बेसडरमा], द इण्डियन एक्सप्रेस (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  2. "Rising Star: Maithili Thakur is the first finalist; who'll ultimately win the show?" [राइजिङ स्टार: पहिलो फाइनलिस्ट मैथिली ठाकुर जसले लगभग कार्यक्रम जितिन्?], इण्डिया टुडे (अङ्ग्रेजीमा), १७ अप्रिल २०१७, अन्तिम पहुँच २०१९-०८-१८ 
  3. PTI (२४ अप्रिल २०१७), "Bannet Dosanjh wins Rising Star, defeats Maithili Thakur by just two votes", Hindustan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  4. ४.० ४.१ Bhatt, Shephali (४ नोभेम्बर २०१९), "How life changes for internet celebrities - good, better, and sometimes worse", The Economic Times, अन्तिम पहुँच २०१९-०८-१८ 
  5. "बिहार की ये बेटी रातों रात बन गई सिंगिंग सेंसेशन, 18 की उम्र में फेसबुक ने बनाया सुपरस्टार", Amar Ujala, १० अक्टोबर २०१८, अन्तिम पहुँच २०१९-०८-१८ 
  6. "गायिका मैथिली ठाकुर बनीं मधुबनी की ब्रांड एंबेस्डर, निर्वाचन आयोग ने लिया फैसला", Zee News Hindi (अङ्ग्रेजीमा), ३ डिसेम्बर २०१८, अन्तिम पहुँच २०१९-०८-१८ 
  7. "Max Life Insurance launches 3 albums for the Winners and Runner’s Up of i-genius Young Singing Stars Season 2", The Hans India (अङ्ग्रेजीमा), १४ सेप्टेम्बर २०१६, अन्तिम पहुँच २०१९-०८-१८ 
  8. "Maithili Thakur", Facebook (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्