मेटल डिटेक्टर
मेटल डिटेक्टर[१][२][३][४][५]को प्रयोग धातुसँग सम्बन्धित सामानहरू खोजी गर्नको लागि प्रयोग गर्ने गरिन्छ। यस बाहेक ल्यान्ड माइन, हथियार, बम, विस्फोटक जस्ता बस्तुहरू खोजी गर्न यसलाई प्रयोग गर्ने गरिएको छ।[६] एउटा सामन्य मेटल डिटेक्टरमा एउटा विद्युत दोलक हुने गर्छ जसले एसी विद्युत उत्पन्न गर्दछ। यो विद्युतीय धारा एउटा विद्युत चुम्बकीय तारबाट प्रवाहित भएर छुट्टै चुम्बकीय क्षेत्र उत्पन्न गर्दछ। यसमा एउटा विद्युतीय तारको प्रयोग गरिएको हुन्छ जसले चुम्बकीय क्षेत्रलाई मापन गर्ने गर्दछ। चुम्बकीय पदार्थ भेटिएमा यसले चुम्बकीय क्षेत्रमा हुने परिवर्तनको आधारमा यसलाई मापन गर्दछ। यसमा राखिएको माइक्रोप्रोसेसरले धातुको प्रकार पत्ता लगाउने गर्दछ। मेटल डिटेक्टर यन्त्रले विद्युत चुम्बकत्वको सिद्धान्तमा कार्य गर्दछ। बेग्ला-बेग्लै कार्यहरूको प्रयोग अनुसार मेटल डिटेक्टरको संवेदनशीलता भिन्न हुने गर्छ।
१९औँ शताब्दीमा वैज्ञानिक यस्तो यन्त्रको खोजी कार्यमा लागेका थिए जसले धातुहरूलाई खोजी गर्न सहज बनाउन सकोस्। सुरुवाती समयमा धातुहरू खोजी गर्नको लागि बनाइएको उपकरणहरूको क्षमता सीमित थियो र ती यन्त्रहरूले ऊर्जाको प्रयोग धेरै मात्रामा गर्दथे। यस कारण ती यन्त्रहरू धेरै स्थानमा उपयोगी थिएन। सन् १८८१ मा ग्राहम बेलले यसै किसिमको यन्त्रको मूल खोज गरेका थिए।[७] सन् १९३७ मा गेरहार्ड फिसरले यस प्रकारको युक्तिको विकास गरेर मेटल डिटेक्टर बनाउन सफल भएका थिए[६] उनी सफल भएर यस यन्त्रलाई एकस्व गराएका थिए।
प्रकार
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "तीन करोड रुपैयाँ मुल्यको सुनको डल्ला भेट्ने भाग्यमानी", रिपोर्टर्स नेपाल (नेपालीमा), २०२०-०८-२१, अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "बदनाम विमानस्थल", नेपाली म्याग (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "विमानस्थल कोलाज", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "२० वर्षअघि विमान अपहरणमा पर्दा यी नेपाली यात्रुलाई 'ठट्टाजस्तो' लागेको थियो", बिबिसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान", शिलपत्र (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ ६.० ६.१ मेटल डिटेक्टर[स्थायी मृत कडी]। हिन्दुस्तान लाइव।१६ नवंबर, २००९
- ↑ ग्राहम बेल ने की थी मेटल डिटेक्टर की खोज वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २००९ मिति। समय लाइव। २ मार्च २००९। रमेश चंद्र