मिरुना मगर

नेपाली चलचित्रकी अभिनेत्री

मिरुना मगर एक नेपाली चलचित्रकी अभिनेत्री हुन्।[२] उनले लालपुर्जा, लाहुरे, रोज, साइनो, चचहुँईकबड्डी ४ लगायतका विभिन्न चलचित्रमा अभिनय गरिसकेकी छिन्।

मिरुना मगर
मिरुना मगर
जन्महङकङ[१]
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

मिरुना मगरको जन्म हङकङमा भएको हो।[१][३] उनी १२ वर्षको उमेरमा बुबासँग बस्न बेलायत गइन्।[३] उनका बुबा बेलायती सेनाका गोर्खा थिए।[३] विसं २०७२ को महाभूकम्प पछि उनी भूकम्पपीडितलाई सहयोग गर्न नेपाल आएकी थिइन्।[३] नेपाल आएपछि आवेदन हराएपछि उनले अभिनय सिक्न थालिन् र उनले तीन महिनासम्म अभिनय गर्न सिकेकी थिइन्।[३] जब उनका साथीहरूले चलचित्र बनाउन चाहे, उनले नेपालमा बस्नको लागि बिदा लम्ब्याइन्।[३]

अभिनेत्री जीवन सम्पादन गर्नुहोस्

उनको पहिलो फिल्म लालपुर्जा थियो।[४] त्यसपछि उनले लाहुरे, रोज, साइनो, चचहुँई, र कबड्डी ४ मा अभिनय गरेकी हुन्।[३][५]

कबड्डी ४ को प्रदर्शनको क्रममा एक लामाले छोएपछि उनले थप्पड हानेकी थिइन्।अभिनेत्री मिरुना मगरले आफूलाई ‘नियतवश छोएको’ भन्दै ‘कबड्डी ४’ हेर्न आएका दर्शक फुर्बा लामा तामाङ लाई झापड हानेर प्रहरीको जिम्मा लगाएकी फिल्मकी अभिनेत्री मिरुना मगरको उल्टै आलोचना भएको छ।  सामाजिक सञ्जालदेखि सडकमा पनि मिरुनाले ‘निर्दोष’लाई आरोप लगाएको भन्दै उनको विरोध भएको छ। मंगलबार बिहान मात्रै चाबहिलस्थित केएल टावरमा दर्शकले फिल्मको पोस्टर च्यात्ने तथा जलाउनेदेखि फिल्मको प्रदर्शन बन्द गर्न दबाब दिँदै नाराबाजी समेत गरेका छन्।  आइतबार सिभिल मलमा फिल्म हेरेर निस्किने क्रममा ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरलाई ‘छोएको’ आरोपमा फुर्वा तामाङ पक्राउ परेका थिए। आफूले नियतवस नछोएको भन्दै माफी समेत मागेका फुर्वालाई प्रहरी बोलाएर पक्राउ गराएको भन्दै मिरुनाको विरोध भएको छ।  हाल सामाजिक सञ्जालमा मिरूना मगर विरुद्ध विभिन्न किसिमका प्रतिक्रिया र केही ठाउँमा फिल्मको पोस्टर जलाउने र आन्दोलन गर्ने सम्मका काम भइरहेका छन्।  आइतबार फिल्म हेरेर फर्किने क्रममा तामाङले अभिनेत्री मिरुना मगरलाई ‘छोए’पछि उनले तामाङलाई झापड हानेकी थिइन्। तामाङले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मिरुनाले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।  3 साता बित्दा सम्म पनि यो घटना ट्रेण्डिङमा रहेको छ न्युज 24 टिभिमा इन्टरभ्यु दिन आएका फुर्बा लामा तामाङ रुँदै मलाई नै दोषी देखाइयो।भनेका छन।[६][७] प्रहरीले लामालाई पक्राउ गरेपछि तिनीहरूको बिचमा मिलापत्र गरिएको थियो र दुवैले एकअर्कासँग माफी मागेका थिए।[६][८]

चलचित्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ पौडेल, राजाराम (२०२०-०२-०३), "दिदिकै विवाह भएको छैन : अभिनेत्री मिरुना", Pokhara News (नेपालीमा), मूलबाट २०२३-०५-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-०१ 
  2. "‘मेक अप आफै गर्छु’", नारी, १५ चैत २०७८, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ न्यौपाने, रविन (२७ चैत २०७८), "लण्डनबाट आएर फिल्म क्षेत्रमा जमिरहेकी 'कबड्डी ४' की नायिका मिरुना (भिडिओ)", सेतोपाटी, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  4. "कहिले चम्किएला मिरुनाको भाग्य ?", अनलाइनखबर, २०७६ साउन २, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  5. "‘कबड्डी ४’बाट सुरु होला मिरुनाको हिटको यात्रा ?", अनलाइनखबर, २०७७ चैत २४, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  6. ६.० ६.१ "'अभद्र व्यवहार'को घटनामा अभिनेत्री मिरुना र फुर्पाबीच मिलापत्र", कान्तिपुर, १७ जेष्ठ २०७९, अन्तिम पहुँच १७ जेष्ठ २०७९ 
  7. "'ब्याड टच' घटनाबारे मिरुनाको स्पष्टीकरण: कुनै पनि सही कार्य गर्न समय गलत हुँदैन", सेतोपाटी, १९ जेठ २०७९, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 
  8. "नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा", न्युज ट्वान्टी-फोर, १७ जेष्ठ २०७९, अन्तिम पहुँच १७ जेष्ठ २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-३१ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्