मारिया मोन्टेस्सोरी (३१ अगस्ट, १८७० - ६ मे, १९५२) एक इटालेली चिकित्सक र शिक्षक हुन्। उनलाई प्रख्यात मानवीय र सर्वश्रेष्ठ शिक्षासम्बन्धी दर्शनको लागि जानिन्छ। उनले विकास गरेको शिक्षा पद्धति आज दुनियाभरका सार्वजनिक र निजी विद्यालयहरूमा प्रयोगमा छ।

मारिया मोन्टेस्सोरी
जन्म(१८७०-०८-३१)अगस्ट ३१, १८७०
इटाली
मृत्यु६ मे १९५२(1952-05-06) (उमेर ८१)
नेदरल्यान्ड
निवासनेदरल्यान्ड
राष्ट्रियताइटालेली
धर्मक्याथोलिक
सन्तानमारियो मोन्टेस्सोरी सिनियर

जीवन तथा पेशा सम्पादन गर्नुहोस्

जन्म तथा परिवार सम्पादन गर्नुहोस्

 
इटालेली १००० नोट मारिया मोन्टेस्सोरीको तस्वीर

मारिया इटालीमा जन्मिएकि थिइन्। उनका बाबु आलेसान्द्रो मोन्टेस्सरी त्यसबेला ३३ वर्षका थिए, र त्यसबेला अर्थ मन्त्रालयको एक स्थानीय अधिकारी थिए। उनी राज्यद्वारा सञ्चालित एक तमाखु कारखानामा काम गर्दथे । उनकी आमा २३ वर्षकी थिइन्। उनी त्यस समयमा राम्री, सम्पन्न तथा शिक्षित थिइन्। [१]

प्रारम्भिक शिक्षा सम्पादन गर्नुहोस्

मोन्टेस्सरी परिवार १८७३ मा फ्लोरेन्स सहरमा बसाइँ सरे र फेरि १८७५ मा बाबुको कामका कारणले रोममा सरे । मारिया १८७६ मा ६ वर्षको उमेरमा एक सार्वजनिक प्राथमिक स्कुलमा प्रवेश गरिन्। उनको प्रारम्भिक विद्यालय जीवन विशेष रूपले उल्लेखनीय थिएन[२]। हुन त उनलाई प्रथम ग्रेडमा राम्रो व्यवहारको लागि प्रमाणपत्र द्वारा सम्मानित गरिएको थियो भने अर्को वर्ष "महिलाहरूको कामको लागि" प्रमाणपत्र दिइएको थियो। [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. क्रेमर, 24; Trabalzini, 13
  2. Trabalzini 7
  3. 27 Kramer