मारिन सिलिच
मारिन सिलिच (जन्म:१९८८ सेप्टेम्बर २८) क्रोएसियाका व्यावसायिक टेनिस खेलाडी हुन् । उनी वर्तमानमा युएस ओपन २०१४ का पुरुष तर्फका एकल बिजेता हुन् ।[१] सिलिच हालसम्म १२ वटा एटिपी च्याम्पियनसिप जितीसकेका छन् । उनले एकल पुरुष तर्फ आफ्नो जीवनको सर्वोच्च ९औ क्रम २२ फेब्रुअरी २०१० मा प्राप्त गरेका थिए । उनले सन् २००९ को युएस ओपनमा विश्व नम्बर २ एन्डी मरेलाई हराएपछि विश्वको नजरमा आएका थिए । सिलिच २०१४ विम्बल्डनमा क्वार्टर फाइनलसम्म पुगेका थिए ।
राष्ट्र | क्रोएसिया |
---|---|
निवास | मोन्टे कार्लो, मोनाको |
जन्म दिन | सन् १९८८ सेप्टेम्बर २८ |
जन्म स्थान | बोस्निया र हर्जगोभिना, युगोस्लाभिया |
उचाई | १.९८ मी (६ फिट ६ इन्च) |
व्यावसायिक खेलाडीको रूपमा | २००४ |
खेलहरू | दायाँ-हाते (दुई-हाते ब्याकह्यान्डेड) |
खेल जीवनको पुरस्कार राशी | $१,०७,२२,९८९ |
एकल | |
खेल जीवनको रेकर्ड | २९१-१६० (६४.३८%) |
खेल जीवनको उपाधि | १२ |
उच्च क्रम | क्रम. ९ (२२ फेब्रुअरी २०१०) |
हालको क्रम | क्रम. ९ (८ सेप्टेम्बर २०१४) |
ग्राण्ड स्ल्यामको नतिजा | |
अस्ट्रेलियन ओपन | सेमीफाइनल (२०१० अस्ट्रेलियन ओपन) |
फ्रेन्च ओपन | 4R (२००९,२०१० फ्रेन्च ओपन) |
विमबल्डन | क्वार्टर (२०१४ विम्बल्डन) |
युएस ओपन | बिजेता (२०१४ युएस ओपन) |
अन्य प्रतियोगिता | |
ओलम्पिक खेल | 2R (२००८,२०१२ ओलम्पिक) |
दोहोरो प्रतियोगिता | |
खेल जीवनको रेकर्ड | ५९-६५ |
खेल जीवनको उपाधि | 0 |
उच्च क्रम | क्रम. ४९ (१५ अप्रिल २०१३) |
उच्च क्रम | क्रम. १११ (८ सेप्टेम्बर २०१४) |
अन्तिम पटक अद्यावधिक: सेप्टेम्बर ८,२०१४. |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "एस ओपन टेनिसको उपाधि क्रोएसियन खेलाडी मारिन सिलिचलाई", चितवनको आवाज, अन्तिम पहुँच भदौ २४,२०७१।
बाह्य लिंक
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा मारिन सिलिच सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा मारिन सिलिच सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।